KFGVRFI34

पञ्जीकरण विभागले राष्ट्रिय परिचय नम्बर सहितकाे जन्म दर्ताकाे प्रमाणपत्र जारी गर्ने,

0

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचय नम्बर सहितकाे जन्म दर्ताकाे प्रमाणपत्र जारी गर्ने भएकाे छ । अब १६ वर्षभन्दा कम उमेरकाले जन्मदर्ता गर्दा राष्ट्रिय परिचय नम्बर सहितकाे जन्मदर्ताकाे प्रमाणपत्र पाउने भएका हुन् ।

नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरका सन्तानको जन्म दर्ताको बखत राष्ट्रिय परिचय नम्बर सहितकाे जन्म दर्ताकाे प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्न र गराउन निर्देशन दिँदै विभागले परिपत्र जारी गरेकाे हाे ।

 

विभागका अनुसार नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरका सन्तानको जन्म दर्ताको प्रमाणपत्र संशोधन तथा प्रतिलिपी जारी गर्दा समेत राष्ट्रिय परिचय नम्बरसहितको संशोधित तथा प्रतिलिपी प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिने भएकाे छ ।

यसैगरी, कुनै प्राविधिक कारणले जन्म दर्ता गर्दा राष्ट्रिय परिचय नम्बर प्राप्त हुन नसकेमा विभागमा सम्पर्क गरी राष्ट्रिय परिचय नम्बर पाएपछि मात्र प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्न पनि विभागले निर्देशन दिएकाे छ ।

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34