KFGVRFI34

गर्भावस्थामा किन हुन्छ वान्ता? जानकारी लिनुहोस्।

0

सामान्यतया गर्भावस्थामा बान्ता हुने, तल्लो पेट दुख्ने, पिसाबमा इन्फेक्सन हुने रिँगटा लाग्ने हुन्छ। गर्भावस्थाको पहिलो तीन महिनासम्म महिलामा वाकवाकी लाग्ने समस्या लगातारजस्तै हुनसक्छ। तीन महिनापछि यो समस्या आफैं बन्द भएर जान्छ। गर्भावस्थामा शरीरमा रहेका हर्मनमा परिवर्तन आउने हुनाले यस्ता लक्षण देखिने हुन्छ। कोही महिलामा खान मन नलाग्ने पनि हुनसक्छ। कमजोरी हुने हुँदा गर्भ तुहिने खतरा पनि हुनसक्छ।

गर्भावस्थामा वान्ता किन हुन्छ ? गर्भवस्थामा सामान्यतया दिनमा दुईदेखि चार पटक वान्त भयो भने सामान्य नै मान्ने गरिन्छ। तर त्यो भन्दा बढी भयो भने चिकित्सकको सल्लाह नै लिनुपर्छ। जसमा युरिन एसिटोनहरु हेरेर पोजेटिभ छ भने अस्पतालमा भर्ना गरेर औषधि खुवाउने र इन्जेक्सन लगाएर उपचार गरिन्छ। यो वान्ता हुने समस्या सामान्य हो भनेर बस्नु हुँदैन। धेरै वान्त भयो भने समस्या हुनसक्छ। कमजोरी भएर ढल्न सक्छ र जाँच गर्दा गर्भमा भएको शिशुमा असर देखिन सक्छ।

गर्भमा भएको बच्चा ठिक छ या छैन भनी घरमै थाहा पाउने उपायहरू के हुन् ? गर्भमा बच्चा भएपछि त्यो बच्चा एक घण्टामा तीन पटक चल्नु पर्दछ। यसरी चल्यो भने बच्चा ठिक अवस्थामा छ भन्ने थाहा हुन्छ। कम्तीमा १८ देखि २२ हप्तासम्ममा बच्चा चलेको अनुभव हुन्छ। गर्भवती भएको १० औं हप्तामा बच्चाको मुटुको धड्कन सुन्न सकिन्छ।

गर्भावस्थामा कस्तो खाना खाने ? अन्य समयमा जस्तै यो समयमा पनि स्वस्थ खाना र फलफूल तथा तरकारी खानुपर्छ। गर्भ अवस्थामा प्रशस्त पानी पिउने गर्नुपर्छ। सामान्य रुपमा दैनिक व्यायाम गर्नु राम्रो हुन्छ। यो समयमा सकेसम्म धेरै बेडरेस्ट गर्नु हुँदैन।दैनिक सामान्य कामहरू गर्दा धेरै समस्या हुँदैन। माछा, मासु, अण्डा, बदाम तथा गेडागुडी जस्ता प्रोटिनयुक्त खानेकुरा खानुपर्छ। दूध तथा दहीजस्ता क्याल्सियमयुक्त खानेकुरा खानुपर्छ।

गर्भावस्थामा कस्तो खाना नखाने ? यो समयमा बाहिरका खाना र धेरै चिल्लो पिरो खाने कुरा खानु हुँदैन। रक्सीयुक्त पेय पदार्थ, सुर्ती, चुरोट खाँदा स्वास्थ्यमा ठूलो असर हुने भएकाले यस्ता कुराबाट टाढै रहनुपर्छ। काँचो मासु तथा काँचो अण्डा नखानु राम्रो हुन्छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34