KFGVRFI34

मञ्चमा अर्धनग्न उभिएका जोन सिना अस्कर अवार्डमा उपस्थित,

0

‘पहिरन निकै महत्त्वपूर्ण हुन्छ’ मञ्चमा अर्धनग्न उभिएका जोन सिनाले यत्ति बोलेपछि अस्कर अवार्डमा उपस्थित फिल्मकर्मी गलल हाँस्न थाल्छन् । त्यसपछि फेरि सिनाले पहिरनकै महत्त्वबारे अर्को वाक्य थप्छन्,’यदि कुनै कुरा महत्त्वपूर्ण हुन्छ भने त्यो पहिरन नै हो’ ।

अस्कर मञ्चमा अर्धनग्न जोन सिना

अहिले अस्करसँगै अरु कुनै विषयमाथि व्यापक चर्चा चलिरहेको छ भने, त्यो हो जोनको यही प्रस्तुति । सर्वोत्कृष्ट कस्ट्युम डिजाइनको अवार्ड घोषणा गर्न पुगेका जोन अर्धनग्न स्टेज उक्लेपछि यो विषय सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।

कार्यक्रम सञ्चालक जिम्मी किमेलले सन् १९७४ को अस्करमा यसरी नै अर्धनग्न पुरुष आइपुगेको प्रसंग उठाउँदै गर्दा सिना मञ्चको कुनामा देखिन्छन् । जिम्मीले त्यतिबेला दर्शकलाई सोधेका थिए,’त्योबेला जसरी स्टेजमा अर्धनग्न व्यक्ति आइपुग्नु, अचम्मको विषय होइन त ?

त्यसपछि सिनाले ठट्यौली शैलीमा पुरुषको शरिर कमेडीको विषय नभएको बताउँदै जिम्मीलाई भन्छन्,’यो सुन्दर कार्यक्रममा मलाई यसरी प्रस्तुत हुन लगाउने तिम्रो यो आइडिया स्वादहीन छ । यसका लागि तिमीलाई लाज हुनुपर्ने हो’ । दुईबीच भएको रेस्लिङ अनि त्यसको पहिरनले पनि उपस्थित फिल्मकर्मीबीच हाँसो थपिदिन्छ । ‘तिमी रेस्लिङ गर्दा अधिकांश समय अर्धनग्न नै त बन्छौं,’जिम्मीले भने । त्यसपछि सिनाले थपे,’रेस्लिङ गर्दा मैले कट्टु लगाएको हुन्छु त । म यसरी अर्धनग्न भएर रेस्लिङ गर्दिन’ ।

उनी दुईबीचको गफगाफपछि सिना विजेताको नामसहितको खाम लिएर माइकअघि उभिन्छन् । त्यसपछि जिम्मीले नै उनको शरिर ढाकिदिन्छन् । त्यसपछि सिनाले घोषणा गर्छन्, सर्वोत्कृष्ट कस्ट्युम डिजाइनमा अस्कर जित्ने विजेताको नाम । यो विधामा ‘पुअर थिङ्गस’बाट होल्ली वाडिङ्टनले अवार्ड जितिन् ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34