KFGVRFI34

युक्रेनले रुसी सेनामा भर्ती भएका ५ युद्धबन्दी नेपाली सार्वजनिक,

0

युक्रेनी सेनाले रुसी सेनामा भर्ना भएका ५ नेपाली युद्धबन्दीसहित ८ जनालाई सार्वजनिक गरेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेनी थुनामा रहेका युद्धमध्ये शुक्रबार ५ नेपाली युवासहित ८ जनालाई सार्वजनिक गरेको हो। अन्य तीनमा क्युबा, सोमालिया र सियरा लियोनका एक/एक छन्।

युक्रेनी सेनाले रुसी सेनामा भर्ना हुनबाट आफ्ना नागरिकलाई रोक्नसमेत अन्य देशहरुसँग आग्रह गरेको रोयटर्सले लेखेको छ।

युक्रेनले अन्य देशहरुले आफ्ना नागरिकलाई विदेशी सेनामा भर्ना नगराऊन् र उनीहरु पनि सचेत हुन् भनेर युद्धबन्दीलाई सार्वजनिक गरेको उल्लेख गरेको छ।

सार्वजनिक गरिएको कार्यक्रममा युद्धबन्दीहरुलाई बर्दीमा उपस्थित गराइएको पनि रोयटर्सले लेखेको छ।

नेपालस्थित परराष्ट्र मन्त्रालयका अनुसार भने युक्रेनमा बन्दी बनाइएका रुसी सेनामा रहेका ६ नेपालीमध्ये नै ५ नेपाली सार्वजनिक गरिएको हो। ।

राजापुर नगरपालिका-१ बर्दियाका विवेक खत्री, मण्डनदेउपुर नगरपालिका-६ काभ्रेका सिद्धार्थ ढकाल, लेटाङ-२ मोरङका विकास राई, दाङका प्रतिक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछानेलाई युक्रेनमा बन्दी बनाइएको छ।

उनीहरुलाई युक्रेनको नियन्त्रणबाट मुक्त गरी स्वदेश ल्याउने प्रक्रिया भइरहेको प्रवक्ता राईले  बताए। त्यहाँ नेपालको दूतावास पनि नभएकाले अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी र जर्मनीस्थित नेपाली दूतावासबाट पहल भइरहेको उनले बताए।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34