KFGVRFI34

सर्वोत्तम सिमेन्टको आइपीओ सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

0

बुक बिल्डिङमार्फत् सर्वसधारणमा जारी भएको सर्वोत्तम सिमेन्टको आइपिओ सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

कम्पनीको कुल ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरू (वैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरू, संस्थागत लगानीकर्ता र कर्मचारीहरूसमेत) लाई वितरण गरेको ६० लाख कित्ता सेयर र संस्थापक सेयरधनीहरूले लगानी गरेको ४ करोड ५ लाख कित्ता सेयर गरी उक्त सेयर सूचीकृत गरेको हो।

कम्पनीले पहिलो कारोबारको लागि १८५ रूपैयाँ ३६ पैसादेखि ५५६ रूपैयाँ ०८ पैसा रूपैयाँको मूल्य रेञ्ज पाएको छ।

सूचीकृत भएको उक्त सेयर मंगलबारदेखि कारोबारमा आउनेछ।

नेप्सेले कम्पनीहरूलाई पहिलो कारोबारको लागि उनीहरूको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज दिने गर्छ।

कम्पनीको कारोबारको लागि संकेत ‘एसएआरबिटिएम’ रहेको छ।

कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा एनआइएमबी क्यापिटल, लाजिम्पाट, काठमाडौंबाट हुने समेत जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34