KFGVRFI34

रुसमा थप १६ नेपालीको मृत्यु,

0

रुसी सेनामा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु भएको छ । १६ नेपालीको मृत्यु भएको जानकारी प्रप्त भएकाे परराष्ट्र मन्त्रालय स्रोतले बतायाे ।

मृत्युको बारेमा थप जानकारीलाई डिएनए टेष्टको लागि नेपाल ल्याइएको छ । याे सँगै रुसी सेनामा भर्ती भएर ज्यान गुमाउनेकाे संख्या ३३ पुगेकाे छ । यसअघि रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १७ थियाे ।

रुसको विदेश मन्त्रालयले नेपाली दूतावासलाई बुझाएको मृतकको सूचीमा तेह्रथुमका टीकाबहादुर रानामगर, दाङका जितबहादुर पुनमगर, बाँकेका चन्द्रप्रकाश बिसी, प्युठानका सोमेश सुनार, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमकुमार भुजेल, मकवानपुरका विजयबहादुर थोकर, धनुषाका विमलकुमार गजमेर, मोरङका गयानन्द साह, विकास राई र घनश्याम शाही तथा नवलपरासीका प्रेमप्रकाश न्यौपाने र भीमबहादुर बिसी छन् । त्यस्तै, ठेगाना नखुलेका अभिषेक बुढा, क्षितिज बस्नेत र जितबहादुर घिसिङको पनि मृत्यु भएको पत्रमा उल्लेख छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34