KFGVRFI34

कुनै सपनाले तपाइको भाग्यलाई संकेत गरेको हुन सक्छ , जसमध्ये “सपनामा मृत्यु भइसकेका मानिस आउनुका संकेतहरु..!”

0

यो विषय सबैका लागि अनौठो रहस्यमय हुने गर्छ । मनोवैज्ञानिकका अनुसार सपनाहरूमा विशेष सन्देशहरू लुकेका हुन्छन् ।

प्राय हामी सुतेको समयमा सपना देख्छौँ । स्वप्नशास्त्रका अनुसार सबै सपनाका आ–आफ्नै महत्व र अर्थ हुन्छन् । सपनाले भविष्यमा हुने कुनै घटनाका बारेमा संकेत दिइरहेका हुन्छन् । अनेक प्रकारका सपना देख्छौँ । ती मध्ये कहिले जिउँदो मानिस मरेको सपना देख्छौँ भने कहिले मृत्यु भइसकेका मानिस सपनामा आएको देख्छौँ ।

१.कहिलेकाँही घरका कुनै सदस्यको बिरामी भएर मृत्यु भएको र सोही मृत व्यक्ति सपनामा स्वस्थ रहेको देख्छौँ । यदि यस्तो सपना देखियो भने मृत व्यक्ति कुनै राम्रो घरमा जन्मलिइसकेको बुझ्नु पर्छ । यस्तो सपनाले मृत व्यक्ति राम्रो घरमा जन्म लिएर खुसी भएका कारण अब घरका सदस्यले उसको मृत्युका कारण दुखि नहुनु भन्ने संकेत गर्छ ।

२.यदि सपनामा मृत्यु भएको व्यक्ति आक्रोसित अर्थात रिसाएको अवस्थामा देखियो भने उसले हामीबाट केही चाहिरहेको छ भन्ने बुझ्नुपर्छ । मृत्यु हुनु अघिका केही पूरा हुन बाँकी इच्छा भए मृत व्यक्तिले हामीबाट त्यो इच्छा पूरा गराउने कोसिस गर्छ । त्यसैले सपनामा मृत व्यक्ति रिसाएको देखिएमा हामीले सम्झिएर भए पनि उसका बाँकी इच्छा पूरा गर्दिनु पर्छ भन्ने बुझ्नुपर्छ ।

३.यदि मृत्यु भइसकेको व्यक्ति सपनामा आएर अत्यन्तै खुसी अवस्थामा वा अत्यन्तै दुखी र रोहिरहेको अवस्थामा देखिएमा सपना देख्ने मानिसको लागि शुभ संकेत हुन्छ ।

४.सपनामा केही टाढाको सम्बन्ध भएको मृत व्यक्ति देखिएमा उसले तपाइँबाट केही चाहिरहेको छ भन्ने बुझ्नुपर्छ ।

५.यदि मृत व्यक्ति बारम्बार सपनामा आउँछ र केही संकेत गर्छ भने उ केही कुरामा असन्तुष्ट छ भन्ने बुझिन्छ । यस्तो अवस्थामा मृत व्यक्तिको परिवारले उसको आत्माको शान्तिको लागि कुनै उपाय अपनाउनुपर्छ । मृत व्यक्तिको नाममा मिठाइ चढाएर तर्पण दिएमा पनि उसको आत्माले शान्ति पाउन सक्छ ।

६.यदि सपनामा मृत व्यक्ति मौन अवस्थामा देखियो भने उसले तपाइँलाई कुनै गलत काम हुनबाट रोक्दै छ भन्ने बुझिन्छ ।

७.मृत व्यक्ति सपनामा आएर आशिर्वाद दिएमा सपना देख्ने मान्छे कुनै काममा सफल हुँदैछ भन्ने संकेत हुन्छ ।

८.यदि सपनामा मृत व्यक्ति कपडा नलाएको अवस्थामा, जुत्ता चप्पल नलगाएको अवस्थामा अर्थात भोकै भएको अवस्थामा देखियो भने उसलाई यी कुराहरुको अभाव भएको बुझ्नुपर्छ । यस्तो सपना देखिएमा नजिकैको मन्दिरमा गएर यी वस्तुहरु मृत व्यक्तिको नाममा दान गर्नु राम्रो हुन्छ ।

९.यदि मृत व्यक्ति सपनामा कतै टाढा आकाशमा देखियो भने उसले मुक्ति पाएको संकेत हुन्छ

कहिलेकाही मरेको मान्छेहरू सपनामा देख्छौ । प्राय मानिसले बेला–बेला मरेका मान्छेलाई सपनामा देख्छन् । सपनामा मरेको मान्छेहरू किन आउछन् ?

सपनामा लुकेका सन्देश बुझ्दा मान्छेले जीवन परिवर्तन समेत गर्न सक्छन् । सपनामा आउने मरेको व्यक्तिले कहिलेपनि आफ्नो कुरा शब्दमा व्यक्त गर्दैनन् । उनीहरू इशारा र हाउभाउबाट आफ्नो कुरा बताउने गर्छन् ।

सपनामा देखा पर्ने मरेका मानिसहरूले निर्देशन वा आश्वासन समेत दिने गर्छन् । सपनामा आएका मरेका व्यक्तिहरूले भविष्यमा पछि गएर हुने कुनै नराम्रो घटनाका बारेमा सावधान पनि गराउन सक्छ ।

सपना देख्ने मान्छेलाई सपनामा देखा पर्ने मरेको व्यक्तिको अनुहार तेजिलो, स्वास्थ्य देख्नुका साथै उनीहरू आफू जहाँ भएपनि खुशी भएको आश्वासन दिलाउदै सपना देख्ने मानिसलाई पनि खुशी भएर बस्ने संकेत दिन्छन् ।

सपनामा आउने मरेका व्यक्तिहरूले जीवनमा आउने ठूलो समस्याका बारेमा सावधान दिनका लागि र जीवनका महत्वपूर्ण फैसलामा निर्देशन दिनका लागि पनि आउने गर्छन ।

भौतिक शरीर छोडेर जाने मानिसहरू हाम्रो सपनामा आउने गरेको अध्यात्म र मनोविज्ञान दुवैमा उल्लेख गरिएको छ । उनीहरू हाम्रो हितका लागि नै सपनामा देखापर्छन् । हामीले उनीहरूको इशारा मात्र बुझ्न सक्नु पर्छ ।

यस्तो सपना देख्ने व्यक्तिले आफूमा सकारात्मक ऊर्जा आएको महसूस गर्ने गर्छ । यस्ता सपनाले दुःखबाट मुक्ति पाउन मद्दत गर्नुका साथै जीवनमै परिवर्तन समेत ल्याउन सक्ने हुन्छ ।

सपना देख्नेले आफू वास्तविकता बाँचिरहेको महसुस गरेको सोच्छ भने कहिलेकाहीँ निद्रा खुलेपछि पनि मानिस सपनाको प्रभावबाट बाहिर निस्कन सक्ने हुँदैन । यस्ता सपनाको प्रभाव केही क्षणदेखि धेरै वर्षसम्म समेत रहन सक्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34