KFGVRFI34

के लगानी गर्न चाहनुहुन्छ ?सात लघुबीमा कम्पनीको आईपीओ आउदैछ ,

0

लघुबीमा व्यावसाय गर्न स्थापना भएका सात लघुबीमा कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी थालेका छन् । सञ्चालनमा रहेका सात लघुबीमा कम्पनीले वार्षिक साधारणसभा गरेर आईपीओको प्रस्ताव धमाधम पारित गर्दै छन्।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा सम्पन्न गरेका छन् । तीन वटै कम्पनीको साधारण सभाबाट आईपीओ निष्काशनको प्रस्ताव पारित गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सात वटा कम्पनीलाई लघुबीमा कम्पनीको लाइसेन्स वितरण गरेको थियो । प्राधिकरणले तीन लघु जीवन बीमा र चार निर्जीवन लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको थियो ।
लघु जीवन बीमा ब्यवसाय तर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघु बीमाको लाइसेन्स पाएका थिए ।

 

त्यस्तै, लघु निर्जिवन बीमा ब्यवसाय तर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले लघु बीमाको लाइसेन्स पाएका थिए ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34