KFGVRFI34

चुरोट खाँदा अनुहारमा कस्तो असर देखिन्छ ? “धुमपान स्वास्थ्यका लागी हानिकारक” जनचेतना।

0

धुमपान गर्नु स्वास्थ्यका लागि नोक्सानदायक हुन्छ । यो थाहा हुँदा पनि कतिपय व्यक्ति धुमपान गर्दछन् ।

जसले गर्दा उनीहरुको फोक्सो खराब त हुन्छ नै नियमित चुरोट पिउने बानीले छालामा पनि नराम्रो असर गर्छ ।

आज यहाँ धुमपान गर्दा छालामा हुने असरका बारेमा जान्ने कोसिस गरौं ।

  • धुमपान गर्नाले मानिस समयभन्दा पहिले नै बुढो हुन थाल्छ । यसले छालामा कोलेजनको लेवल कम गर्छ । जसले गर्दा छाला झोल्लिएको तथा चाउरीपनाले भरिएको देखिन्छ ।
  • धुमपानको कारणले अनुहारमा पिग्मेन्टेशन बढ्छ । यसले मेलेनिनको लेवल पनि बढ्छ र अनुहारमा काला धब्बा देखिन थाल्छ । चुरोटमा हुने निकोटिन र अन्य केमिकलको कारणले मानिसको औंलामा पनि संक्रमण हुन सक्छ ।
  • धुमपानले छाला पातलो हुन थाल्छ । विभिन्न अध्ययनमा देखिएअनुसार धुमपान गर्ने व्यक्तिको छाला नगर्ने व्यक्तिको तुलनामा ४० प्रतिशत पातलो हुन्छ ।
  • एकदमै धेरै चुरोट पिउँदा नङको रंग पनि परिवर्तन हुन्छ । साथमा औंला र ओंठ पनि कालो देखिन थाल्छ । धुमपानको कारणले दाँत पहेँला हुन्छन् र मुखबाट पनि नराम्रो दुर्गन्ध आउँछ ।
  • धुमपानले गर्दा शरीरमा रक्तसञ्चार धिमा हुन्छ । जसले गर्दा चोट तथा घाउ निको हुन पनि समय लाग्छ । जो व्यक्ति धुमपान गर्छन् त्यस्तो व्यक्तिलाई अप्रेशन तथा कुनै सर्जरी गर्न पनि समस्या हुन सक्छ ।
  • त्यस्तै चुरोट पिउनु स्वास्थ्य तथा छाला बाहेक कपालका लागि पनि हानिकारक हुन्छ । यसले कपालको डीएनएलाई एकदमै नोक्सान पुर्‍याउँछ । यस्तोमा कपाल कमजोर र रुखो हुन सक्छ ।
You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34