KFGVRFI34

रजोनिवृत्ति भनेको के हो ? रजोनिवृत्तिपछि यौनरुचि घट्छ ?

0

रजोनिवृत्तिपछि यौनरुचि घट्छ ? यस्ता छन् ५ भ्रम

जब महिलामा नियमित हुने महिनावारी एउटा उमेरमा पुगेपछि रोकिन्छ, त्यसलाई रजोनिवृत्ति अर्थात् ‘मेनोपज’ भनिन्छ । खासगरी महिलाको उमेर ४५ वा ५० वर्ष पार गरेपछि उनीहरुको महिनावारी सुक्छ ।

यसरी महिनावारी सुकेपछि उनीहरुमा केही शारीरिक तथा भावनात्मक परिवर्तन हुन्छ, हार्मोनको कारण (ईस्ट्रोजेनको कमी) ले । यद्यपि यससम्बन्धी मान्छेमा आ-आफ्नै बुझाइ र धारणा छ । जस्तो, यौनरुचि घट्छ, मनोबल कमजोर हुन्छ इत्यादि । यो कति सत्य हो ?

आत्मबल कमजोर हुन्छ ?

महिनावारी सुकेपछि कतिपयमा भावनात्मक उतारचढाव आउँछ । यही कारण उनीहरुमा मुड स्वीङ वा डिप्रेसन हुने बुझाइ छ । यस्तो हुनुमा हार्मोन असन्तुलन मूल कारण हो ।

रजनोनिवृत्तिको समयमा महिलाहरुमा फरक-फरक लक्षण पर्न सक्छ । यो सत्य हो जस्तै अचानक जीउ तातिएको महसुस हुने, सुत्ने समयमा पसिना आउने, चिडचिडापन हुने लक्षण देखापर्छ । तर यो सधैं रहँदैन । यी लक्षणले उनीहरुमा आत्मबल कमजोर भएको ठहर गर्दैन ।

रजोनिवृत्तिपछि तौल बढ्छ ?

कतिपयले रजोनिवृत्तिपछि तौल स्वतः बढ्छ भन्ने सोच्छन् । तर तौल बढ्नुमा रजोनिवृत्तिको कुनै सरोकार छैन । बरु यो उमेरमा महिलाहरूको गतिविधि कम हुने भएको शरीरमा बोसोको प्रतिशत बढेर मोटोपन हुनसक्छ । यस्तो अवस्थामा खानपानमा ध्यान दिन सकेमा तौल बढ्दैन ।

यौन रुचि घट्छ ?

कतिपयले रजोनिवृत्तिपछि यौन रुचि घट्छ भन्छन् जुन पूर्णतया गलत हो । किनभने यसबेला यौनसम्पर्क गर्दा गर्भधारणको चिन्ता हुँदैन । बरु यसबेला निर्धक्क यौनसम्पर्क गर्न सकिन्छ । यसले मानसिक सन्तुलन व्यवस्थित राख्न मद्दत गर्छ ।

रजोनिवृत्तिपछि पनि गर्भवती हुनसक्छ ?

रजोनिवृत्ति पुग्न लागेका महिलाहरुको महिनावारी बारम्बार परिवर्तन भइरहने अर्थात् ४–६ महिनामा एकचोटि रगत देखिने हुनसक्छ । यस्तो अवस्थालाई महिला ‘प्रि-मेनोपज’ को अवस्था भनिन्छ । यस्तो अवस्थामा यौनसम्पर्क गरेमा गर्भ रहन सक्छ । गर्भ रहन गएमा चिकित्सकको परामर्शमा उचित समाधान पहिल्याउन सकिन्छ । तर महिनावारी नभएको १२ महिना बितिसकेको अवस्थामा गर्भधारण हुँदैन ।

के रजोनिवृत्ति एक नयाँ सुरुवात हो ?

रजोनिवृत्तिपछि जीवन अन्तिम चरणमा पुग्छ भन्ने धारणा प्राचीनकालमा थियो । र, महिलाको जीवन रजोनिवृत्तिद्वारा मापन गरिन्थ्यो । तर अब महिलाहरु रजोनिवृत्तिपछि पनि स्वस्थ बाँच्न र बाँकी आफ्नो जीवन आफ्नो परिवारसँग हाँसीखुसी बिताउँछन् ।

यसबेला उनीहरूमा आफ्नो जीवनका सबै लक्ष्य पूरा गर्ने क्षमता राख्छन्, किनभने महिलाहरुको महिनावारी मात्र रोकिएको हो, अरु जीवनमा केही परिवर्तन भएको छैन । त्यसैले उनीहरुलाई आफ्नो इच्छाअनुसारको आनन्दका साथ जीवन बिताउन सक्छन्

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34