KFGVRFI34

सर्वोत्तम सिमेन्टकाे शेयरमा सातौं दिन पनि सर्किट लाग्यो, प्रतिकित्ता एक हजार ८३ रुपैयाँमा खरिद बिक्री

0

बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गरेको सर्वोत्तम सिमेन्ट(SARBTM) काे शेयर सातौं दिन पनि सर्किट लेभलमा कारोबार भएको छ । सर्वोत्तमको शेयर दोस्रो बजारमा कारोबारमा आएदेखि नै निरन्तर सर्किट लेभलमा कारोबार हुँदै आएको हो ।

सर्वोत्तम सिमेन्ट कम्पनीको पहिलो दिन नेटवर्थको तीन गुणा अर्थात ५ सय ५६ रुपैयाँबाट कारोबार शुरु भएको थियो । सिमेन्टको शेयरले सातौ कारोबार दिनसम्म आईपुग्दा पनि सर्किटमै कारोबार भएर एक हजार ८३ रुपैयाँमा खरिद बिक्री भइरहेकाे छ ।

बिहीबारको बजारमा करिब १५ मिनेटको कारोबारमा कम्पनीको ४१ हजार ६५५ कित्ता शेयर ४ करोड ५१ लाख रुपैयाँ भन्दा बढीकाे शेयर खरिदबिक्री भएको छ ।

 

यस कम्पनीको आईपीओमा करिब ५५ हजार लगानीकर्ताले ५० कित्ताको दरले शेयर पाएका थिए । लगानीकर्ताले शेयर भर्न प्रति कित्ता ३ सय ६० रुपैयाँ ९० पैसाका दरले ५० कित्ता शेयर भर्न १८ हजार ४५ रुपैयाँ लगानी गरेका थिए ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34