KFGVRFI34

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द,कारोबारमा पनि कमी,

0

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन करिब ११ अंक घटेर बन्द भएको नेप्से, यस दिन सामान्य अंक बढेर बन्द भएको हो।

बिहीबार १३ मध्ये ८ उपसमूहको परिसूचक बढेपछि नेप्से सामान्य अंक बढ्न पुगेको हो। यस दिन विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक बढेको हो। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.४० प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, लघुवित्त र अन्य उपसमूहको परिसूचक घटेको हो।

नेप्से परिसूचक यस दिन ४.७८ अंक बढेर २०३५.६४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२७ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब २३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१३ स्टकको ५३ हजार ६१९ पटकको कारोबारमा २ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको ६६ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन हिमालयन उर्जा विकास कम्पनी र सर्वोत्तम सिमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन हिमालयन हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त र धौलागिरी लघुवित्तको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन सर्वोत्तम सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन गोर्खाज फाइनान्सको १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम १५ करोड नाघेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34