KFGVRFI34

बिदामा काठमाडौँ आएकी डा. प्रतिभा आफ्नै घरमा मृत भेटिइन्

0

धादिङ अस्पतालमा कार्यरत सर्जन डा. प्रतिभा धौभडेल मृत अवस्थामा भेटिएकी छन् । उनी ३४ वर्षकी मात्र थिइन् ।

बिहीबार विहान साढे ८ बजे छाउनीस्थित घरमा प्रतिभा मृत अवस्थामा भेटिएको कालिमाटी प्रहरीका प्रमुख डिएसपी रुपक खड्काले बताए ।

सास नचलेको देखिएपछि लगतै श्रीमान डा. कविराज भण्डारीले अस्पताल लगेका थिए । घटनामाथि थप अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

प्रतिभा घरायसी कामका लागि भन्दै एक हप्ताको विदामा बसेकी थिइन् । उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालबाट जनरल सर्जरीमा एमडी गरेकी थिइन् ।

रातो बंगला स्कुल पढेकी उनले काठमाडौं युनिभर्सिटीको सम्बन्धन प्राप्त भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस गरेकी हुन् ।

रातो बंगला पढ्दा नेपालमै ए लेभलमा उत्कृष्ट अंक ल्याएकी डा. प्रतिभाले भारतमा प्रतिष्ठित डा. पारसमणि स्वर्ण पदक पनि हात पारेकी थिइन् ।

काठमाडौं महानगरपालिका–१३ स्थित छाउनीमा एक चिकित्सक मृत भेटिएकी छिन् ।

जिल्ला अस्पताल धादिङमा कार्यरत सर्जन डा. प्रतिभा धौभडेल आफ्नै घरमा मृत भेटिएकी हुन् । उनका पतिले सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि वीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् ।

असार २५ बाट धादिङ अस्पतालमा कार्यरत उनी बिदामा काठमाडौँ आएकी हुन् । ३४ वर्षीया प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34