KFGVRFI34

अचम्मको तथ्यः पुरुषमा स्तनको के काम हुन्छ !

0

महिलाको स्तनका बारेमा सबैलाई थाहा हुन्छ । तर आकारमा सानो भएपनि सबै पुरुषमा स्तनको आकार रहेको हुन्छ । कतिपय पुरुषको स्तन त महिलाजस्तै पनि हुने गर्दछ ।

त्यसो भए पुरुषको स्तनको केही काम नै हुँदैन त ?

मानिसमा ४६ वटा गुणसूत्र (क्रोमोजोम)हुने गर्दछन् । यसमा २३ आमाको तर्फबाट र २३ बुवातर्फबाट आउने गर्दछन् ।

यसमध्ये २२ गुणसूत्र समान हुन्छ र एउटा मात्रै गुणसूत्र अलग हुने गर्दछ । यसलाई लिगीं क्रोमोजोम अर्थात लिंगी गुणसुत्र पनि भनिन्छ । यो लिंगी गुणसूत्रले नै बच्चामा नर र नारी गुणहरुलाई निर्धारण गर्दछ । यसले नै नर र नारीका अंगहरु बनाउन योगदान दिने गर्दछ । यसै गुणसुत्रका कारण पुरुषमा टेस्टोस्टेरोन र महिलामा एस्टोजन तथा प्रोस्टोजन हर्मोन बन्ने गर्दछ । यी हर्मोनहरु महिला र पुरुषका अंगहरु विकासमा सहयोग गर्दछन् ।

यो बाहेक शरीरका अन्य बाँकी अंगहरु भने महिला र पुरुष दुबैमा समान हुन्छ जुन कि २२ अलिंगी गुण सूत्रहरुको प्रभावबाट बन्दछन् । त्यसैले निप्पल पनि शरीरको एक अंग हो र पुरुष र महिला दुबैमा समानरुपबाट बन्दछ । तर महिलाहरुमा एस्ट्रोजन र प्रोस्ट्रोजन हर्मोनको प्रभावबाट स्नत विकसित हुने गर्दछन जबकि पुरुषमा आकार त हुन्छ तर यो अविकसित हुन्छ ।

केही पुरुषहरु स्वयम्लाई महिलाहरु जस्तै सोच्ने गर्दछन् र उनीहरुजस्तै बन्न चाहन्छन् । यस्ता व्यक्तिहरुमा देखिने फरक लैंगिकताका आधारमा शरीर पनि त्यस्तै बनाउन उनीहरुले विपरित हर्मोन लिने गर्दछन् । जस्तो पुरुष भएर जन्मिने तर महिलाजस्तै बन्न चाहने, महिलासँग घुलमिल गर्न चाहने अर्थात् लैगिक व्यवहार फरक हुनेहरुले त्यसपछि स्तन बढाउन यही महिलामा हुने दुईवटा एस्टोजन र प्रोस्टोजन हर्मोनको सेवन गर्ने गर्दछ । जसबाट उनीहरुको शरीरमा महिलाहरुको गुण देखिन थाल्छ । उनीहरुका स्नत ठूला हुन्छन । तर यौनांग नै परिवर्तन गर्ने भने उनीहरुलाई सर्जरी गर्नुपर्ने हुन्छ र डाक्टरले उनीहरुको लिंग हटाएर योनी बनाउने गर्दछन् । तर शरीरमा गर्भासय नहुने हुँदा बच्चा उत्पन्न भने गर्न सक्दैनन् ।

यसरी हेर्दा महिला र पुरुषमा स्तन सुरुमा त सामान्य जैविक अंगका रुपमा विकास हुन्छ तर पुरुषमा पाइने हर्मोन र महिलामा पाइने हर्मोनका कारण स्तनको आकार प्रकार परिवर्तन हुने गर्दछ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34