KFGVRFI34

सुनकाे भाउ एक लाख ३५ हजारसम्म पुग्न सक्ने,के कारणलेआकासियाे सुनको भाउ?

0

सुनकाे मुल्यले ऐतिहासिक रेकर्ड कायम गरिरहेकाे छ । शुक्रबार सुनकाे भाउ हालसम्मकै उच्च मुल्यमा काराेबार भइरहेकाे छ । शुक्रबार सुनको भाउ एकैदिन तोलामा २ हजार १०० रुपैयाँले बढेर प्रतिताेला एक लाख ३० हजार रूपैयाँ पुगेको छ।

गत साता जस्तै यो साता पनि सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको हाे । साताको तेस्रो दिन सामान्य घटेको मुल्य त्यसपछिका दिनमा क्रमशः बढेर साताको पछिल्लो कारोबार भएको दिन अर्थात शुक्रबार भने हालसम्मकै उच्च मुल्य कायम भयो । पछिल्लाे तीन दिनमा नै सुन ताेलामा ३ हजार ६०० रूपैयाँले महंगिएकाे हाे ।

किन महंगिदैछ सुन ?

विश्व बजारमा सुनकाे भाउ आकाशिएसँगै नेपाली बजारमा पनि यसकाे प्रभाव परेकाे हाे । अमेरिकी डलरको मुल्यमा देखिएको मजवुतिसँगै त्यसको प्रभाव सुनको मुल्यमा पर्दै गएको बिश्लेषकहरुले बताएका छन्।

विश्व बजारमा यतिबेला अमेरिकन फेडरल बैंकले पटक पटक ब्याजदर घटाउने भनेका कारण पनि सुनकाे भाउ बढ्न सहयाेग पुगेकाे छ । लगानीकर्ताहरूले बैंकबाट रकम निकाल्दै सुनमा लगानी गरेकाे हुँदा पनि सुनकाे माग बढेकाे छ । जसकारण सुनकाे भाउ ह्वात्तै बढेकाे विश्लेषकहरूले बताइरहेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनकाे भाउ बढ्नुकाे अर्काे कारण रूसका राष्ट्रपति पदमा भ्लादिमिर पुटिन पुनः निर्वाचित हुँदा आणविक हमला हुने संकेत देखिएकाले हाे। साेहि त्रासका कारण अन्तरराष्ट्रिय बजारमा सुनलाई सुरक्षित लगानीका रूपमा मानिएकाे छ र लगानी सुनमाथि नै थुप्रि रहेकाे छ । महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले आणविक आक्रमण गरिने भनिएकाले लगानीकर्ताहरूले सुनमा नै लगानी गरिरहेकाे बताए। उनले भने, “एकातिर बैंकले ब्याज कम गर्दैछ, अर्काेतिर आणविक आक्रमण हाेला जस्ताे छ । यसरी सुरक्षित लगानी त सुन नै हुने हाे भन्ने उनीहरूलाई लागेकाे छ । मानिसहरू बजारमा दाैडिनासाथ बजारमा प्रेसर बढ्दछ । यसरी सुनकाे माग बढ्छ र भाउ पनि बढ्दै जान्छ ।”

सुनकाे भाउ एक लाख ३५ हजारसम्म पुग्न सक्ने

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनकाे भाउ थप बढ्न सक्ने संकेत देखिएकाे छ । महासंघका महासचिव बज्राचार्य भन्छन्, “सुनकाे भाउ अझै २/४ दिन बढ्न सक्छ । सुन ताेलाकाे एक लाख ३५ हजार रूपैयाँसम्म पुग्ने अनुमान गर्न सकिन्छ ।”

तर रूस र युक्रेनबीचकाे युद्ध केहि साम्य हुने भएमा भने सुनकाे भाउ घट्ने पनि उनकाे अनुमान रहेकाे छ । “युद्ध विरामकाे सहमति हुने जस्ताे भएमा भाउ घट्न सक्छ । तर अमेरिकी फेडरल बैंककाे ब्याजदर घटाउने प्रेसरका कारण पनि घट्न नदिन सक्छ । सुनकाे भाउ घटेमा एक लाख १५ हजारसम्म झर्नसक्छ । तर यदि भएन भने सुनकाे भाउमा अस्थिरता देखिने र भाउमा सामान्य उतारचढाव देखिन सक्ने उनकाे भनाइ छ। लङ टर्ममा भने २ लाखसम्म पुग्न सक्ने सम्भावना देखिएकाे छ,” उनले थपे ।

नेपाली बजारमा पनि यो साता सुनको मुल्य बढेको छ । साताको पहिलो दिन आइतबार सार्वजनिक विदाका कारण मुल्य निर्धारण भएन ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34