KFGVRFI34

एकै पुरुषका ५ श्रीमतीको एकैदिन बेबी सावर

0

अमेरिकाको न्युयोर्कमा एक संगीतकारले पाँच जना महिलालाई एकै समयमा गर्भवती बनाएर ‘बेबी सावर’ को कार्यक्रम आयोजना गरेका छन्। उनले ती पाँचै महिलाका लागि एकैपटक ‘बेबी सावर’ को कार्यक्रम समेत राखेका थिए।

अमेरिकन २२ वर्षीय संगीतकार जेडी विलले पाँचजना महिलालाई गर्भवती बनाउनुका साथै उनीहरूलाई एकैपटक ‘बेबी सावर कार्यक्रमका लागि मनाउन सफल भएको समाचार संस्थाहरुले उल्लेख गरेका छन्।

Belly Fat Removal Without Surgery In Aadarshanagar: The Price Might Surprise You
Belly Fat Removal | Search Ads
by Taboola
तीमध्ये एक महिला लिजी एस्लीले सामाजिक सञ्जाल टिकटकमार्फत यसको घोषणा गरेकी थिइन् । २९ वर्षीया महिलाले जेडीसहित अन्य चार महिलासहित १४ जनवरीमा आयोजित उक्त कार्यक्रमका लागि निमन्त्रणा पठाएकी थिइन्।यसबारे सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो। लिजीले जेडीसहित आमा बन्न लागेका बोनी बी, के मेरी, जिलेन भिला र इयानला कालिफा गालेटीसँग जेडीले खुसीयाली मनाएको भिडियो हालेपछि त यसले ठुलो विवाद नै सिर्जना गरेको थियो।

क्याप्सनमा लिजीले सबै महिलाले बच्चाको लागि यो सबै कुरा स्वीकार गरेको लेखेकी थिइन्। ‘हाम्रो सुन्दर परिवारलाई हेर्नुहोस्,’ उनले लेखेकी थिइन्, ‘हामी हाम्रो बच्चाको पितालाई माया गर्छौँ। हामी हाम्रो बच्चाको जीवन बरबाद पार्न चाहँदैनौँ। हाम्रो परिवारले यसलाई स्वीकार गरेको छ।’

द न्युयोर्क पोस्टसँग कुराकानी गर्दै पिता जेडीले आफू पाँच जनाको पिता हुन तयार रहेको प्रतिक्रिया दिएका थिए।अमेरिकाको न्युयोर्कमा एक संगीतकारले पाँच जना महिलालाई एकै समयमा गर्भवती बनाएर ‘बेबी सावर’ को कार्यक्रम आयोजना गरेका छन्। उनले ती पाँचै महिलाका लागि एकैपटक ‘बेबी सावर’ को कार्यक्रम समेत राखेका थिए।

अमेरिकन २२ वर्षीय संगीतकार जेडी विलले पाँचजना महिलालाई गर्भवती बनाउनुका साथै उनीहरूलाई एकैपटक ‘बेबी सावर कार्यक्रमका लागि मनाउन सफल भएको समाचार संस्थाहरुले उल्लेख गरेका छन्।तीमध्ये एक महिला लिजी एस्लीले सामाजिक सञ्जाल टिकटकमार्फत यसको घोषणा गरेकी थिइन् । २९ वर्षीया महिलाले जेडीसहित अन्य चार महिलासहित १४ जनवरीमा आयोजित उक्त कार्यक्रमका लागि निमन्त्रणा पठाएकी थिइन्।

यसबारे सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो। लिजीले जेडीसहित आमा बन्न लागेका बोनी बी, के मेरी, जिलेन भिला र इयानला कालिफा गालेटीसँग जेडीले खुसीयाली मनाएको भिडियो हालेपछि त यसले ठुलो विवाद नै सिर्जना गरेको थियो।

क्याप्सनमा लिजीले सबै महिलाले बच्चाको लागि यो सबै कुरा स्वीकार गरेको लेखेकी थिइन्। ‘हाम्रो सुन्दर परिवारलाई हेर्नुहोस्,’ उनले लेखेकी थिइन्, ‘हामी हाम्रो बच्चाको पितालाई माया गर्छौँ। हामी हाम्रो बच्चाको जीवन बरबाद पार्न चाहँदैनौँ। हाम्रो परिवारले यसलाई स्वीकार गरेको छ।’

द न्युयोर्क पोस्टसँग कुराकानी गर्दै पिता जेडीले आफू पाँच जनाको पिता हुन तयार रहेको प्रतिक्रिया दिएका थिए।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34