KFGVRFI34

समाचार छोरीलाई २५० करोडको बंगला उपहार दिँदै रणवीर-आलिया

0

बलिउड अभिनेता रणवीर कपुरले आफ्नी छोरी राहा कपुरलाई झण्डै दुई सय ५० करोड भारतीय रुपैयाँ पर्ने बंगला उपहारमा दिने भएका छन्।

बलिउड लाइफलाई उल्लेख गर्दै हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार मूल्यका हिसाबले यो बंगला बलिउडका महानायक अमिताभ बच्चनको ‘जल्सा’ र शाहरूख खानको ‘मन्नत’ बंगला भन्दा पनि महँगो हो।

छोरीलाई उपहार दिने यो बंगलामा रणवीर र आलियाको बराबर लगानी रहनेछ। आमा नितु कपुरको साथमा रणवीर तथा आलिया हाल निर्माणधीन रहेको मुम्बईस्थित बान्द्रामा रहेको यो बंगलामा देखिएपछि यसको खुलासा भएको हो।

यो उपहार पाएसँगै रणवीर-आलियाकी एक वर्षीया छोरी बलिउडकी सबैभन्दा कम उमेरकी धनी सन्तान बन्ने समाचारमा उल्लेख छ। भारतको कानुन अनुसार यसरी उपहार दिइएको सम्पतिमा कुनै कर लाग्दैन तर यसबाट आय हुन तालेमा भने कर तिर्नुपर्छ।

यो बंगलामा राहासँगै उनी हजुरआमा नितु कपुरसमेतको हिस्सा रहनेछ। रणवीर-आलियाको यो बंगला बनिरहेको बान्द्र क्षेत्रमा करिव ६० करोड भारु बढि मूल्य पर्ने चार वटा फ्ल्याट रहेको छ।

नितुले हालैमात्र यही क्षेत्रमा १५ करोड भारुमा आफ्ना लागि एउटा घर किनेकी थिइन्।
समाचारका अनुसार २५० करोडको बंगला तयार भएपछि रणवीर, आलिया, छोरी राहा तथा नितु कपुर यही बंगलामा बस्नेछन्। हाल भने नितु र उनका छोराबुहारी छुट्टाछुट्टै बस्दै आइरहेका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34