KFGVRFI34

‘डिग्री माइला’अमेरिका र अस्ट्रेलियामा पनि एकैदिन रिलिज हुने,

0

दयाहाङ राई र आँचल शर्मा अभिनीत फिल्म ‘डिग्री माइला’ नेपालसँगै अस्ट्रेलिया र अमेरिकामा पनि चैत ३० गतेदेखि प्रदर्शनमा आउने भएको छ।

निर्माणपक्षले अस्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै फिल्म एउटै मितिमा रिलिज हुने जानकारी दिएको हो।

अस्ट्रेलियाका प्रमुख सहरहरू सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा फिल्म रिलिज हुने निर्माण पक्षले जनाएको छ। त्यस्तै अमेरिकाका ४० भन्दा बढी सहरमा फिल्म रिलिज हुने जनाइएको छ। फिल्मलाई यी दुई देशसहित डायस्पोराभर सेभेन सिज इन्टरटेन्मेन्टले रिलिज गर्दैछ।

रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’ मा दयाहाङ र आँचलसहित विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरूङलगायत कलाकारको अभिनय छ।

फिल्मको निर्मातामा विशाल गुरूङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरूङ छन्।

शैक्षिक बेरोजगारको कथा फिल्मले प्रस्तुत गर्छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34