KFGVRFI34

नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य,

0

आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिमले भारतको स्टेट टिम बरोडालाई १५७ रनको लक्ष्य दिएको छ।

बरोडाले टस जितेर फिल्डिङ रोजेसँगै पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १५६ रन जोडेको हो।

नेपालका लागि कुशल मल्लले नटआउट ४० रन जोडे। उनले २५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले नटआउट ५ रन बनाए।

त्यसअघि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख ९-९ रनमा आउट भए। अनिलकुमार साहले २५ रन जोड्ने क्रममा २७ बल खेलेर २ चौका र १ छक्का प्रहार गरे।

कप्तान रोहित पौडेल १८ रनमा रनआउट हुँदा गुल्सन झाले १३ रन मात्र जोड्न सके। रनआउट हुनुअघि सन्दीप जोराले १६ बलमा समान २-२ चौका र छक्काको मद्दतमा २९ रन जोडे।

बलिङमा बरोडाका बाबा खानले २ विकेट लिए। उनले ४ ओभरमा २३ रन खर्चिए।

यसअघि नेपालले गुजरातलाई ८ विकेटले पराजित गरेको थियो।

गुजरातमा जारी सिरिजमा नेपालले गुजरात र बरोडासँग दुई दुई वटा टी-२० खेल खेल्नेछ।

एसएमएस फ्रेन्डसिप कप २०२४ नाम दिइएको प्रतियोगिताको शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।

नेपाली टिम भारतमा तयारी गरेपछि उतैबाट एसिसी प्रिमियर कप खेल्नका लागि ओमान जाने कार्यक्रम छ।

टी-२० विश्वकप आगामी जेठ दोस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34