KFGVRFI34

फोर्ब्सले सार्वजनिक गर्याे विश्वका अर्बपतिहरूको सूची: विनाेद चाैधरी १,७६४ औं स्थानमा, टेलर स्विफ्ट पनि बनिन् अर्बपति

0

फोर्ब्सले हरेक वर्ष विश्वका अर्बपतिहरूको सूची सार्वजनिक गर्ने गर्दछ। यसले संसारमा सबैभन्दा धेरै अर्बपतिहरू भएको देश र संसारको सबैभन्दा धनी व्यक्ति को हो भनेर देखाउँछ। २०२४ काे नयाँ सूचीअनुसार गत वर्षको तुलनामा विश्वमा १४१ अर्बपतिहरू थपिएका छन् ।

सबै अर्बपतिहरूको संयुक्त सम्पत्ति १४.२ ट्रिलियन डलर छ, २०२३ मा २ ट्रिलियन डलरले बढेको छ। सूचीमा २६ नयाँ अर्बपतिहरू पनि समावेश छन् र तिनीहरूको संयुक्त कुल सम्पत्ति १.१ ट्रिलियन डलरले बढेको छ।

सूचीमा रहेका शीर्ष २० व्यक्तिले सबैभन्दा धेरै पैसा कमाएका छन् र सन् २०२३ सम्ममा आफ्नो संयुक्त सम्पत्ति ७०० बिलियन डलरले बढाएका छन्। अमेरिकामा विश्वमा सबैभन्दा धेरै अर्बपतिको संख्या ८१३ रहेको छ । यसपछि चीनमा ४७३ र भारतमा २०० अर्बपतिहरू रहेका छन् ।

को हुन् फोर्ब्सको सूची अनुसार सबैभन्दा धनाढ्य ?

बर्नार्ड अर्नाल्ट र उनको परिवार २३३ बिलियन डलरको कुल सम्पत्तिको साथ पहिलो नम्बरमा छन्। बर्नार्ड अर्नाल्ट एलभीएमएचका प्रमुख हुन् ।

त्यसपछि एलन मस्क छन् जसको कुल सम्पत्ति १९५ बिलियन डलर छ। तेस्रो नम्बरमा अमेजनका संस्थापक जेफ बेजोस छन् । उनकाे कुल सम्पत्ति १९५ अर्ब डलर छ । यसैगरी, फेसबुकका संस्थापक मार्क जुकरबर्ग छन् जसको कुल सम्पत्ति १७७ अर्ब डलर रहेकाे छ ।

यी नामहरू पनि समावेश छन्

फक्स न्यूजका संस्थापक रुपर्ट मर्डोक र उनको परिवारको कुल सम्पत्ति १९.५ बिलियन डलर छ।
डलास काउबोयका महाप्रबन्धक र अध्यक्ष जेरी जोन्सको कुल सम्पत्ति १३.९ बिलियन डलर रहेकाे छ। यसैगरी, जे-जेडको कुल सम्पत्ति २.५ बिलियन डलर छ । किम कार्दशियनको कुल सम्पत्ति १.७ बिलियन डलर छ । टेलर स्विफ्टको कुल सम्पत्ति १.१ बिलियन डलर रहेकाे छ ।

नेपाल १.७६४ औं स्थानमा पर्याे

नेपाल भने फाेर्ब्सकाे अर्बपतिहरूकाे सूची अनुसार १,७६४ औं स्थानमा परेकाे छ । व्यवसायी तथा सांसद विनाेद चाैधरी नेपालका एक्ला अर्बपति हुन् जाे यस सूचीमा अटाएका हुन् । उनकाे कुल सम्पत्ति १.८ बिलियन डलर रहेकाे फाेर्ब्सले जनाएकाे छ । फाेर्ब्सकाे रियल टाइम बिलनयेर्सकाे सूचीमा भने उनी १,८०६ औं स्थानमा छन् ।

यसअघि चाैधरी ग्रुपका अध्यक्ष विनाेद चाैधरी भने फाेर्ब्सकाे रियल टाइम बिलनयेर्सकाे सूचीमा १,६५७ औं स्थानमा रहेका थिए । यद्धपी उनकाे सम्पत्तिमा भने कुनै परिवर्तन भएकाे छैन । सन् २०२२मा भने फाेर्ब्सले उनकाे कुल सम्पत्ति १.५ बिलियन डलर रहेकाे उल्लेख गरेकाे छ । त्यसअघि, २०२१मा चाैधरीकाे नेटवर्थ १.४ बिलियन डलर रहेकाे थियाे ।

विश्वका अर्बपतिहरूको सूचीमा २०० भारतीय

यस पटक फोर्ब्सले सन् २०२४ का लागि विश्वका अर्बपतिहरूको सूचीमा २०० भारतीयको नाम समावेश गरेको छ । गत वर्ष यसमा १६९ भारतीयको नाम थियो । यी भारतीयहरूको कुल सम्पत्ति ९५४ अर्ब डलर छ, जुन गत वर्षको ६७५ अर्ब डलरभन्दा ४१ प्रतिशतले बढी हो।

फोर्ब्सको भारतीय अर्बपतिहरूको सूचीको शीर्ष स्थानमा मुकेश अम्बानी छन्, जसको कुल सम्पत्ति ८३ अर्ब डलरबाट बढेर ११६ अर्ब डलर पुगेको छ । यसरी उनी १०० बिलियन क्लबमा प्रवेश गर्ने पहिलो एशियाली बनेका छन्। मुकेश अम्बानीले पनि विश्वको नवौं धनी व्यक्तिको रूपमा आफ्नो स्थान कायम राखेका छन् । उनी भारत तथा एशियाकै सबैभन्दा धनी व्यक्ति हुन्।

सूची अनुसार गौतम अडानी दोस्रो धनी भारतीय हुन्। उनको सम्पत्ति ३६.८ अर्ब डलरले बढ्यो। उनी ८४ अर्ब डलरको कुल सम्पत्तिका साथ सूचीमा १७औँ स्थानमा छन्।

सावित्री जिन्दल भारतको सबैभन्दा धनी महिला बनेकी छिन् । भारतका धनी व्यक्तिको सूचीमा उनको नाम चौथो स्थानमा छ । एक वर्षअघि उनी छैटौं स्थानमा थिइन् । उनको कुल सम्पत्ति ३३.५ अर्ब डलर छ।

यस सूचीमा २५ नयाँ भारतीय अर्बपतिहरूले डेब्यु गरेका छन्। जसमा नरेश त्रेहान, रमेश कुन्हिकन्नन र रेणुका जगतियानीको नाम समावेश छ। योसँगै बिजु रविन्द्रन र रोहिका मिस्त्रीको नाम पनि सूचीबाट बाहिरिएको छ ।

को हुन् सूचीमा रहेकी सबैभन्दा धनी महिला ?

लाेरियलका संस्थापककी नातिनी फ्रान्कोइस बेटेनकोर्ट मेयर्स संसारको सबैभन्दा धनी महिला हुन् र उनको कुल सम्पत्ति ९९.५ बिलियन डलर छ।

उनी पछि वालमार्टका संस्थापक साम वाल्टनकी छोरी एलिस वाल्टन छन्, जसको कुल सम्पत्ति ७२.३ बिलियन डलर छ। यस्तै, जेफ बेजोसकी पूर्व पत्नी म्याकेन्जी स्कटको कुल सम्पत्ति ३५.६ बिलियन डलर रहेकाे छ।

टेलर स्विफ्ट पनि बनिन् अर्बपति

फोर्ब्सले मंगलबार टेलर स्विफ्टलाई आधिकारिक रूपमा अर्बपतिहरूकाे सूचीमा समावेश गरेकाे घाेषणा गरेकाे छ ।

टेलर स्विफ्ट आफ्नो संगीतिक जिवनको आधारमा अरबपतिको हैसियत हासिल गर्ने पहिलो कलाकार हुन् । उनकाे सम्पत्ति १.१ बिलियन डलर रहेकाे अनुमान गरिएको छ। ३४ वर्षीया स्विफ्टकाे रियल इस्टेटकाे पोर्टफोलियो पनि १२५ मिलियन डलरकाे रहेकाे छ। उनकाे न्युयोर्क, बेभर्ली हिल्समा बंगला सहित नासभिल र रोड आइल्याण्डमा एक आलिसान घर पनि छ।

उनले २०२३ मा टाइम म्यागजिनले स्विफ्टलाई पर्सन अफ द इयरका रूपमा सम्मान गरेका थियाे । उनलाई “एक यस्ताे मानिस जो आफ्नै कथाको लेखक र नायक दुवै हो” भनेर सम्बोधन गरिएकाे थियाे। स्विफ्टको जन्म १९८९काे डिसेम्बर १३ मा पेन्सिलभेनियामा भएको थियो । उनले किशोरावस्थामा गीतहरू लेख्न थालेकी थिइन् र न्यासभिलको बिग मेसिन रेकर्डमा कन्ट्री कलाकारको रूपमा हस्ताक्षर गरिन्।

वर्षाैपछि जब उनी फुल पप गायिका भइन् र युनिभर्सलसँग ठूलो सम्झौता गरेपछि स्विफ्ट बिग मेसिनसँगकाे विवादमा फसिन्। एक निजी इक्विटी फर्ममा उनको गीतको क्याटलगकाे बिक्रीले संगीतकारहरूको अधिकारलाई लिएर ठूलो विवाद ल्यायो । यसरी स्विफ्टको करियरको नयाँ युगको सुरुवात भयो।

उनले अधिकारका लागि आफ्ना पहिलो ६ वटा एल्बमहरू पुनः रेकर्ड गर्ने वाचा गरिन् । उनले आफ्ना प्रशंसकहरूलाई अघिल्लो रिलीजको साटाे टेलरको संस्करण सुन्न आग्रह गरेकी थिइन् । टेलरकाे कनवरजेशन कमाण्ड एराज समय २०२४ काे अन्त्यसम्म रहने देखिएकेा छ । २०२४ को अन्त्यसम्ममा, उनले २ बिलियन डलर अंककाे सीमा पार गर्ने अनुमान गरीएकाे छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34