KFGVRFI34

विश्वकै सबैभन्दा वृद्ध व्यक्ति वुआन भिसेन्टे पेरेज मोराको ११४ वर्षको उमेरमा निधन,

0

विश्वकै सबैभन्दा वृद्ध व्यक्ति वुआन भिसेन्टे पेरेज मोराको ११४ वर्षको उमेरमा निधन भएको छ । वुआन भेनेजुएलाका बासिन्दा थिए। २०२२काे फेब्रुअरीमा, गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले उनलाई सबैभन्दा वृद्ध व्यक्ति घोषित गरेकाे थियाे। त्यतिबेला उनको उमेर ११२ वर्ष २५३ दिन थियो ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सामाजिक संजाल प्लाटफर्म X मा वुआनको मृत्युको घोषणा गरेका हुन्। वुआनको जन्म १९०९ मे २७ मा भएको थियो । उनका ११ छोरा, ४१ नातिनातिना, १८ जना पनाति पनातिना र १२ जना खनाति खनातिना छन्।

गिनिज रिपोर्टका अनुसार वुआन पेसाले किसान थिए। कडा मेहनत, समयमै आराम गर्ने र दिनहुँ एक गिलास उखुबाट बनेकाे मदिरा पिउनु नै आफ्नो लामो आयुको रहस्य रहेको उनले बताए ।

५ वर्षको उमेरदेखि नै खेतमा काम गरेका जुआन

५ वर्षको उमेरमा, वुआनले आफ्नो बुबा र भाइहरूसँग खेतमा काम गर्न थाले। उनीहरुलाई उखु र कफी खेतीमा वुआनले सहयोग गर्थे । त्यसपछि उनी सेरिफ (स्थानीय प्रहरी अधिकृत) भए र आफ्नो क्षेत्रमा जग्गासम्बन्धी समस्या समाधान गर्न थाले। तर, साे अवधिमा पनि उनले कृषिलाई भने निरन्तरता दिए ।

 

सन् १९३८ मा वुआनले एडियोफिना गार्सिया नामकी महिलासँग विवाह गरे । उनकी श्रीमतीको सन् १९९७ मा मृत्यु भयो। सन् २०२२मा वुआनलाई सबैभन्दा वृद्ध व्यक्ति घोषणा गरिएकाे थियाे । साे समयमा उनलाई कुनै गम्भीर रोग थिएन। उनले कुनै विशेष औषधि पनि खाने गरेका थिएनन् । यद्यपि, आफ्नो बुढेसकालको कारण, वुआनले कम सुन्थे।

वुआनलाई थिएन कुनै गम्भीर रोग 

वुआनलाई आफ्नो बाल्यकालका धेरै कुराहरु पनि सम्झना रहेकाे थियाे । उनलाई केक, सुप र एभोकाडो खान मन पर्थ्याे। यसअघि स्पेनका स्याटर्निनाे डे ला फुएंते गार्सियाको २०२२काे जनवरी १८ मा ११२ वर्ष ३४१ दिनको उमेरमा निधन भएको थियो । त्यसपछि वुआनले विश्वकै सबैभन्दा वृद्ध जीवित व्यक्तिको उपाधि पाएका थिए।

सबैभन्दा जेठी महिलाको गत वर्ष मृत्यु भएको थियो

यसअघि गत मार्चमा विश्वकै सबैभन्दा वृद्ध महिलाको निधन भएको थियो । दक्षिण अफ्रिकामा बस्ने जोहाना माजिबुको १२८ वर्षकी थिइन् । उनी सन् १८९४मा जन्मेकी थिइन्। जोहान्नाका ७ सन्तान, ५० भन्दा बढी नातिनातिना, पनाति पनातिना र खनाति खनातिना छन्।

जोहानाले कहिल्यै पढेकी थिइनन्। उनी खेतबारीमा काम गर्ने गर्थिन् । उनले १९१४ मा भएकाे पहिलो विश्वयुद्ध र १९३९ मा दोस्रो विश्वयुद्ध देखेकी थिइन् । उनले स्पेनिस फ्लुदेखि कोरोना महामारीसम्म सबैको सामना गर्नुपरेको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34