KFGVRFI34

इतिहास : अर्काको स्वास्नीसँग लागेपछि राजाको हत्या !

0

नेपालको इतिहासमा विभिन्न खालका अनौठा घटनाहरु घटेको पाइन्छ । शक्ति संघर्षका कारण भाइभारदार र राज्यकै अधिकार प्राप्त व्यक्तिहरुको षड्यन्त्रका कारण नेपालका राज्यहरु कमजोर भएको इतिहासमा पढ्न पाइन्छ । उनीहरुकै कारण राजाको हत्या गर्ने सम्मका घटनाहरु नेपालको इतिहासमा भेटिन्छ ।

नेपालको उत्तरमध्यकालमा मल्लहरुले शासन गरेका थिए । वि.स ९३७ देखि नेपालको मध्यकाल मानिन्छ भने मध्यकाललाई पनि दुई भागमा विभाजन गरिएको छ । जयस्थिति मल्लको उदय हुनभन्दा पहिलाको समयलाई पूर्वमध्यकाल र जयस्थिति मल्लको उदयपछि पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा विजय गर्दासम्मको समयलाई उत्तरमध्यकाल मानिन्छ ।

यही उत्तरमध्यकालमा नेपालमा धेरै ठूलाठूला घटनाहरु घटेका छन । त्यसमध्येको एउटा घटना यहाँ प्रस्तुत भएको ।

नेपालको इतिहासमा भाइभारदारका बीचमा फुट आउँदा काठमाडौं उपत्यका तीन राज्यमा विभाजन भएको थियो । पहिला एकिकृत नेपाल राज्यको राजधानी भक्तपुरमा थियो भने काठमाडौं र ललितपुरमा सामान्तहरुलाई नियुक्त गरेर शासन संचाल गर्ने गरिन्थ्यो । पछि विभाजन भएपछि भक्तपुर र कान्तिपुर राज्य शक्तिशाली भएर उदाय भने ललितपुर कमजोर रही रह्यो ।

ललितपुर कमजोर हुनमा त्यहाँका सामन्तहरुका भुमिका ठूलो थियो । ललितपुरका सामन्तहरुलाई प्रधान भनिन्थ्यो । उपत्यकामा आर्थिक नाकाबन्दी लगाउने योजनामा रहेका गोर्खाका राजा पृथ्वीनाराण शाहले वि.स १८१४ मा ललितपुरको किर्तिपुरमा आक्रमण गरे । त्यतिवेला उपत्यकाका सबै शासकहरु एकजुर भएर लडेपछि गोर्खा शैनिकहरु नराम्रोसँग पराजित भए ।

त्यसपछि ललितपुरका राजा राज्यप्रकाश मल्ल र ६ प्रधानहरुका विचमा विवाद भयो । विवादले उग्र रुप लिएपछि प्रधानहरुले राजामाथि हातपात गरे । त्यो झडपमा राजका दुबै आखा फुटे । त्यसैको पिरमा राजा राज्यप्रकाश मल्लको १८१५ मा मृत्यु भयो ।

उनको मृत्यु भएकै दिन प्रधानहरुले १८ बर्षका विश्वजित मल्ललाई ल्याएर ललितपुरको राजगद्दीमा राखे । राजालाई मारेर आफैले राजा नियुक्ति गर्न सक्ने भनेपछि प्रधानहरुको शक्ति चरमउत्कर्षमा पुग्यो । चाहेको वेलामा राजालाई गद्दीच्युत गरी अर्को व्यक्तिलाई राजगद्दीमा राख्नसक्ने भए ।

१८१७ मा प्रेम काण्डमा परेर विश्वजित मल्लको पनि हत्या भयो । बंशावलीमा उल्लेख गरिएअनुसार कालिदास प्रधानकी छोरी मैजुथकुको विवाह चाकुवहालका एक काजीका छोरासँग भएको थियो । विश्वजित मल्लले उनलाई मन पराउन थाले । पछि प्रेमसम्बन्ध पनि गाढा भयो । यो कुरा प्रधानहरुले थाहा पाए ।

एक दिन दरवारमा राजा र मैजुथकुले अनैतिक सम्बन्ध राख्दै गर्दा प्रधानहरुले देखे । त्यतिवेलाको चलनअनुसार अर्काको श्रीमतीलाई करणी गरेमा जारकाट्ने चलन थियो । त्यही नियमअनुसार प्रधानहरुले राजा विश्वजित मल्लको हत्या गरे ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34