सुत्केरी भएको कति समयपछि सम्भोग गर्ने त?
गर्भधारण र प्रसुतीले महिलाको शारीरिक बनावटसँगै यौनजीवनमा पनि उत्तिकै असर पार्छ । यद्यपि, केहि समयपछि भने प्रसुतीपछि पनि महिलाको योनी तथा गर्भाशय भने पुनः पुरानै आकारमा फर्कन्छ । र, व्यक्तिले सोहि रुपमा यौन गतिविधिबाट यौनसन्तुष्टि प्राप्त गर्न सक्छन् । तर, शिशुको जन्मपश्चात् भने देखिने केहि पक्षहरुले महिलालाई प्रभाव पारिरहेको हुन्छ । जसकारण महिलामा विभिन्न यौन समस्या देखा पर्छन् ।
यस समयमा महिलामा देखिने समस्याहरु निम्न रहेका छन्ः
यस अर्थमा भन्ने हो भने, शिशुको जन्मपश्चात्, पुनः शारीरिक सम्बन्ध स्थापित गर्नका लागि महिला मानसिक एवम् शारीरिक दुवैतवरबाट पूर्ण रुपमा तयार हुन आवश्यक पर्दछ। यसका साथै यसबीचमा महिलामा आफ्नो शिशु, कम सुताई र आफ्नो दैनिकी बीचको समयतालिका मिलाउन सक्ने क्षमता पनि अभिवृद्धि गर्न सक्नुपर्छ ।
यसैगरी, सुत्केरी भएको छोटो समयमा नै सम्भोग कायम गर्नाले कतिपय महिलामा विभिन्न शारीरिक एवम् मानसिक जटिलताको खतरा बढ्ने सम्भावना पनि प्रबल रहन्छ । यसकारण पनि प्रसुतिपछि सम्भोग राख्नुअघि प्रत्येक दम्पतिले अनिवार्य रुपमा सम्बन्धित चिकित्सकसँगको आवश्यक परामर्श एवम् सल्लाह लिनु पर्दछ ।