KFGVRFI34

इतिहास : राजा हुँदा हुँदै रानीको अर्कैसँग लभ परेपछि !

0

नेपालको इतिहासमा राज राजेन्द्रवित्रम शाह कमजोर शासक भएकाले नेपालमा धेरैले फाइदा लिएको इतिहासमा पढ्न पाइन्छ । उनकै कमजोर शासनका कारण नेपालमा राणा शासनको सुरुवात भएको थियो ।

राजा राजेन्द्रका दुई ओटा रानी थिइन । जेठी रानी साम्राज्यलक्ष्मी शाह र कान्छि रानी राज्यलक्ष्मीदेवि शाह । जेठी रानीको मृत्यु भएपछि कान्छि रानीको दरवारमा हैकम चल्न थाल्यो । राजा सिधा र सोझो भएका रानीले दरवार आफ्नो हातमा लिएकी थिइएन । यही मौका पारी उनले विभिन्न गतिविधिहरु गर्न थालिन ।

राजा हुँदा हुँदा उनी अर्कै केटाको मायाजालमा फसेकी थिइन । उनको दरवारकै भारदार गगनसिंह खवाससँग प्रेम सम्बन्ध रहेको थियो । उनीहरुबीच अनैतिक सम्बन्धपनि रहेको दरवारभरी हल्लाको विषय बनेको थियो । यो कुरा राजा राजन्द्रविक्रम शाह र युवराज सुरेन्द्र शाहलाईसमेत थाहा थियो । र उनीहरुलाई यो कुरा मन परेको थिएन । युवराज सुरेन्द्र जेठी रानीका छोरा थिए ।

त्यही शिलसिलामा उनले युवराज सुरेन्द्रको हत्या गरेर आफ्नो छोरा रणेन्द्र विक्रम शाहलाई नेपालको राजगद्दीमा राख्ने योजना बनाइन । त्यसका लागि उनले भारतमा रहेका माथरसिंह थापालाई नेपाल बोलाएर युवराज सुरेन्द्रको हत्या गर्ने सर्तमा प्रधानमन्त्रीमा नियुक्त गरिन । पछि युवराजको हत्या गर्नु ठूलो पाप हुने भन्दै रानीको भनेको मानेनन् । माथरसिंहले भनेको नमानेपछि रानीले उनको हत्या गरिदिइन ।

माथरसिंह मार्फत आफ्नो स्वार्थ पुर्ति नभएपछि आफ्नो प्रेमीखवासलाई शक्तिशाली बनाउन रानी राज्यलक्ष्मीले भरमजबुर प्रयास गरेकि थिइन । उनीसँग अनैतिक सम्बन्ध भएको र रानीले शक्तिशाली बनाउन लागेको थाहा पाएपछि राजाले जङ्गबहादुर कुवर (पछि राणा उपादी पाए) को प्रयोग गरेर गगनसिंह खवासको हत्या गरिदिए ।

यो घटनाले रानीलाई पागल जस्तै बनाइदियो । आफ्ना विश्वास पात्र तथा प्रेमीको हत्या भएपछि रानीले हत्यारा पत्ता लगाउन भारदारी सभा बोलाइन । कोत पर्वले परिचित उक्त घटनामा जङ्गबहादुर कुवर बाहेक अधिकाँश भारदारहरुको हत्या भयो ।

भारदारी सभामा सबैलाई हतियार नल्याएर आउन भनिएको थिया । र जङ्गबहादरले आफ्नो भारदारहरुलाई हतियारसहित उपस्थित गराएका थिए । रानीकै निर्देशनमा धेरै जना भारदारहरुको हत्या भएपछि उनी खुशि भएकी थिइन् । नेपालमा राणाशासनको उदय हुनमा यो घटनाको महत्वपूर्ण योगदान रहेको बुझिएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34