KFGVRFI34

रश्मिका मन्दना अभिनीत फिल्म ‘पुष्पा २’रश्मिकाको पोस्टर सार्वजनिक,

0

दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दना अभिनीत फिल्म ‘पुष्पा २’ लाई लिएर दर्शक उत्साहित छन्।

यसैबीच निर्माण टिमले अभिनेत्री रश्मिका मन्दनाको लुक्स सार्वजनिक गरेका छन्। रश्मिकाको २८ औं जन्मदिनको अवसरमा उक्त पोस्टर सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरमा रश्मिका हरियो सारीमा देखिएकी छन्।

निर्माण टिमले रश्मिकाको पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘पुष्पा द रूलको टिम हाम्री श्रीवल्ली अर्थात रश्मिका मन्दनालाई जन्मदिनको शुभकामना दिन्छौं।’

अप्रिल ८ मा अल्लु अर्जुनको जन्मदिन हो। उनको जन्मदिनको अवसर पारेर फिल्मको टिजर सार्वजनिक हुने बताइएको छ।

‘पुष्पा २’ ले बक्स अफिसमा पनि राम्रो कमाइ गर्ने फिल्मकर्मीको आशा छ।

सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका रहनेछ। यो फिल्म सन् २०२४ अगस्त १५ मा रिलिज हुनेछ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34