KFGVRFI34

 इलाम २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु , अरु को -को ले उमेदवारी दर्ता गराए ?

0

इलाम २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले मनोनयनपत्र दर्ता गराएका छन् ।

रास्वपाका उपसभापति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सहितको टोलीसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर लिम्बुले मनोनयन पत्र दर्ता गराएका हुन् ।मनोनयन दर्तापछि मन्त्री समेत रहेका रास्वपा उपसभापति अर्यालले अन्य पार्टीलाई गाली गलौच नगरी आफ्नो पार्टीलाई मात्र चिनाउने काम गर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।

रास्वपाका उम्मेदवार लिम्बुअघि ११ जनाले मनोनयन पत्र दर्ता गराइसकेका छन् ।

इलामका सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठका अनुसार एमालेबाट सुहाङ नेम्वाङ, सिके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदूर किसान पार्टीका श्यामकुमार दर्जी, मंगोल नेशनल अर्गनाइजेसनका तर्फबाट मनिकुमार लिम्बूले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम र डकेन्द्र सिंह लिम्बूले पनि उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, एकीकृत समाजवादीबाट जीत बहादुर राईले उम्मेदवारी दिएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले पनि मनोनयन पत्र दर्ता गराएका छन् । उनको मनोनयन दर्ता गराउन जाने टोलीमा संघीय सांसद विना लामा पनि सहभागी थिइन्

शनिबार नै स्वतन्त्र उम्मेदवार मनोज निरौला, नेपाल रिपब्लिक नेशनल पार्टी (एनआरएन) का उम्मेदवार धनराज राना मगरको मनोनयन पनि दर्ता भएको छ ।

इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा उपनिर्वाचन हुँदैछ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34