KFGVRFI34

अब १ घण्टामै श्रम स्वीकृति-डीपी अर्याल,

0

अब १ घण्टामै श्रम स्वीकृति पाइने भएकाे छ । श्रम कार्यालयलले १ घण्टा भित्रै श्रम स्वीकृति वितरण गर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले बताएका हुन् । आइतबार श्रम कार्यालय तहाचलमा पत्रकार सम्मेलन गर्दै मन्त्री डीपी अर्यालले यस्ताे जानकारी दिएका हुन् ।

उनले श्रम स्वीकृतिकालागि अब कार्यालयमा धाउनु नपर्ने बताउँदै आफैँले घरबाट मोबाइलबाटै श्रमको लागि आवेदन दिन सकिने बताए ।उनले भने, ‘आवश्यक प्रक्रिया र कागजात पुरा भएको एक घण्टामा मोबाइलमै श्रम स्वीकृतिको प्रमाण पत्र आउँछ ।’

यसका साथै श्रम कार्यालयमा अब सेवाग्राहीको समस्या सामाधानको लागि सहायता कक्ष पनि स्थापना गरिने भएकाे छ ।

यसअघि मन्त्री अर्यालले श्रम कार्यालयको अनुगमनका क्रममा श्रम सम्बन्धी सेवा चुस्त दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन दिएका थिए । जसपश्चात अनलाईमार्फत १ घण्टामै श्रम स्वीकृति पाइने भएको हो।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34