KFGVRFI34

नेपालले भारतमा एसएमएस फ्रेन्डसिप सिरिज २०२४ को उपाधि जितेको छ।

0

नेपालले भारतमा एसएमएस फ्रेन्डसिप सिरिज २०२४ को उपाधि जितेको छ। आइतबार गुजरातमा भएको फाइनलमा घरेलु टिमलाई १८ रनले पराजित गर्दै नेपालले सिरिज जितेको हो।

आइसिसी विश्वकप २०२४ को तयारीका लागि भारतको गुजारतमा नेपालले भारतको स्टेट टिम गुजरात र बरोडासँग सुरुमा दुई दुई वटा टी-२० खेलेको थियो।

लगातार तीन खेल जितेको नेपालले गुजरातलाई दुवै खेलमा पराजित गर्दा बरोडाविरुद्धको अन्तिम खेल गुमाएको थियो।

नेपालले आइतबार फाइनलमा टस जितेर पहिले ब्याटिङ गर्दै कप्तान रोहितकुमार पौडेलको अर्धशतकमा ४ विकेटको क्षतिमा १७६ रन जोड्यो।

रोहितले ७४ रनको योगदान गरे। उनले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। ओपनरद्वय कुशल भुर्तेलले १९ रन र आसिफ शेखले ३४ रन बनाए।

दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट हुँदा कुशल मल्लले १३ बलमा नटआउट ३१ रन जोडे। कुशलले २ चौका र २ छक्का प्रहार गरे। सन्दीप जोराले ३ बल खेल्दा १ चौका प्रहार गर्दा नटआउट ७ रन बनाए।

१७७ रनको लक्ष्य पछ्याएको गुजरातले ८ विकेटको क्षतिमा १५८ रन जोड्यो।

गुजरातका लागि कप्तान उमंग रोहितकुमारले ४० रन जोड्दा ओपनरद्वय रुद्र पटेलले १७ रन र आर्या देसाइले ३६ रन जोडे।

बलिङमा नेपालका अभिनास बोहराले ३ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चिए। दीपेन्द्रसिंह ऐरीले एक रनआउट सहित २ विकेट लिए। दीपेन्द्रले १३ रन मात्र खर्चिए। दीपेन्द्र १२ बल डट फ्याँकेका थिए।

434667715_841918427964539_2347081777467127469_n-1712488224.jpg
अब नेपाली टिम भारतमा तयारी गरेपछि उतैबाट एसिसी प्रिमियर कप खेल्नका लागि ओमान जाने कार्यक्रम छ। टी-२० विश्वकप आगामी जेठ दोस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34