KFGVRFI34

सामाजिक संजाल भनेको के हो? फाइदा -बेफाइदा , साथै फेसबुक,अन्य सामाजिक संजालका एकाउन्ट ह्याक हुनबाट कसरी जोगिने ? कसरी रिकभर गर्ने ?

0

 विश्वकै सबैभन्दा पुरानो सामाजिक सञ्जाल भनेको सिक्सडिग्रिज डटकम जुन सन् १९९७ मा उद्घाटन गरिएको थियो र सन् २००० मा बन्द भयो । निल्सेनको ‘ग्लोबल फेसेस एन्ड नेटवर्कड प्लेसेस’को रिपोर्टअनुसार सामाजिक सञ्जाल र ब्ललिङ अनलाइन क्रियाकलपमा चौथौ स्थानमा आउ छन्, व्यक्तिगत इमेलभन्दा माथि । संसारका सबै अनलाइन प्रयोगकर्तामध्ये ६७ प्रतिशत अब सामाजिक सञ्जालको साइट प्रयोग गर्दछन् र इन्टरनेटको कुल समयको १० प्रतिशत सामाजिक सञ्जालमा बिताइरहका छन् ।

एक्काइसौ“ शताब्दीले सूचना प्रविधिलाई विकासित बनाएको छभन्दा दुईमत हुदैन । सूचना प्रविधिको विकास सँगै इन्टरनेट, इमेल र वल्र्डवाइड वेबको व्यापकता बढेको छ । १८ प्रतिशत नेपालीहरू इन्टरनेट चलाइरहेका छन्, जुन कुरा अरू देशको तुलनामा कमै भए पनि नेपालका लागि दु्रत गतिमा बढ्दै गरेको प्रतिशत हो ।

१. सामाजिक सञ्जाल भनेको के हो ?

सामाजिक सञ्जाल अर्थात् सोसियल नेटवर्किङ

इन्टरनेटमा पनि धेरै खोलिने साइटहरूमा सामाजिक सञ्जाल अर्थात् सोसियल नेटवर्किङ रहेको छ । कतिका लागि त सामाजिक सञ्जाल नै इन्टरनेट हो भन्ने छाप पनि बसिसकेको छ । सामाजिक सञ्जालमा फेसबुक र ट्विटर अग्रस्थानमा रहेका छन् । सामाजिक सञ्जाल अन्तरक्रियात्मक कम्प्युटर-मध्यस्थता प्रविधि हो । जसले आभासी समुदाय र सञ्जालहरू मार्फत जानकारी, विचार, रूचि र अभिव्यक्तिहरू सिर्जना वा साझेदारी गर्ने सुविधा दिन्छ।

सामाजिक सञ्जालमा पहुँच, आवृत्ति, प्रयोग, ताजापन र स्थायित्व जस्ता तत्वहरू सामेल रहेका छन्। निएलसनका अनुसार ‘इन्टरनेट प्रयोगकर्ताहरू अन्य वेबसाइटहरूको अपेक्षा सामाजिक सञ्जाल वेबसाइटहरूमा बढी समय व्यतित गर्ने गर्छन्।

वर्तमान विश्वमा दुई किसिमको सभ्यता, भर्चुअल र भौतिक सभ्यताको सुरुवात भइसकेको छ। आउने केही दशकभित्रै संसारको जनसङ्ख्याभन्दा दुई तीन गुणा बढी जनसङ्ख्या इन्टरनेटमा देखा पर्नेछन्।

वास्तवमा बदलिदो परिवेशसँगै इन्टरनेट एउटा यस्तो प्रविधिको रूपमा हाम्रो सामुन्ने आएको छ जो उपयोगको लागि सबैलाई उपलब्ध छ र सर्वहितमा छ।

कम्प्युटर वा मोबाइलमा इन्टरनेट प्रविधिमार्फत आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचार, डिजिटल फोटो वा भिडियोहरु आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ ।

यो वेवसाइट एवं इन्टरनेटको माध्यमद्वारा प्रत्यक्ष कुराकानी गर्ने, सूचना आदानप्रदान गर्ने साधन हो । यो समुदायमा आधारित सामग्री आदानप्रदान गर्ने सञ्चार च्यानल भएकाले यसलाई सामाजिक सञ्जाल भनिएको हो । यो सूचना आदानप्रदान गर्ने अनलाइन च्यानलहरुको सामूहिक रुप हो ।

यस्ता च्यानलहरु प्रायस् निस्शुल्क हुन्छन् । फेसबुक, युट्युब, भाइबर, ट्वीटर, आदि यसका उदाहरण हुन् । यो खासगरी क्म्प्युटर (ल्यापटप वा डेस्कटप) र माबाइल (स्मार्टफोन वा ट्याब्लेट) जस्ता उपकरणमा इन्टरनेट जडान गरी प्रयोग गरिन्छ । यसको प्रयोगको दायरा धेरै फराकिलो छ । हरेक व्यक्तिले हरेक क्षेत्रमा प्रयोग गर्न सकिने सरल प्रविधि भएकाले यो अहिले मानिसको जीवनसाथी जस्तै बनेको छ । यसमा हाल प्रायः व्यक्तिले करिब २० प्रतिशत समय बिताउने गरेको पाइन्छ

सामाजिक सञ्जालका फाइदाहरु…

सोसियल मिडिया भन्नेवित्तिकै सामाजिक सञ्जाल भन्ने बुझ्दछन् । तर, सत्यता भनेको सामाजिक सञ्जाल सोसियल मिडियाको एउटा बलियो हागाना हो । यसको प्रयोग कुन रूपमा गर्ने हो त्यसैमा भर पर्दछ । मिडिया भन्नेवित्तिकै स्वतन्त्रताको अभिव्यक्ति भन्ने बुझिन्छ । त्यसैले सामाजिक मिडियामा अझ फराकिलो र धेरै मानिससमक्ष पुग्ने माध्यम बनेको छ ।

तपाईं जे पनि पोस्ट अथवा सेयर गर्नुहुन्छ । त्यो ग्लोबल अथवा विश्वव्यापी हुन्छ, तर सबैले पढेभन्ने सोच्नु मुर्खता हुनेछ । सोसियल मिडियाले नेपालमा ठूलो फड्को मारिरहेको छ किनकि चलेको मिडिया फेसबुक र ट्विटर मात्र हैन थुप्रै नेपाली लिंक्डइन र डिग पनि चलाइरहेको पाइन्छ ।

समाजिक सञ्जालका बेफाइदा…

यसका बेफाइदाहरू पनि छन् । सन् २००९ फेब्रुअरीमा माइस्पेसमा करिब ९० हजार रजिस्टर्ड सेक्स कृतापराधी भेटिए । फेसबुकले भने यसबारे तथ्यांक सार्वजनिक गर्न चाहेन । जति कोसिस गरे पनि त्यस्ता कृतापराधीलाई पत्ता लगाउन वा उनीहरूलाई नयाँ खाता खोल्न नदिन गाह्रै छ । सामाजिक सञ्जालका साइटले साइबर बुलिङ ल्याउ“छ ।

सन् २००९ को एउटा अध्ययनका अनुसार १७.५ प्रतिशत निम्न माध्यमिक तहका विद्यार्थी साइबर बुलिङको सिकार बनेका छन् । सबै सामाजिक सञ्जालका साइट राम्रा नहुन सक्छन्, छानेर प्रयोग गर्नुपर्छ । सामाजिक मिडिया राम्रो हो, यो हाम्रो आधुनिक संस्कारको पाटो हो भन्नेहरू छन् र अर्कोपट्टि तिनीहरू खतरा र जोखिमले भरिपूर्ण छ भन्नेहरू पनि नभएका होइन तरिकाले नै यो कति छन्, यसको प्रयोग गर्ने तरिकाले नै यो कति राम्रो नराम्रो भन्ने छुट्याउन सकिन्छ ।

एजेन्सीहरुकाे सहयाेगमा

हामी मानव भएपछि आफ्नो गोपनियता विशेष ख्याल गर्नु आवश्यक छ । घरमा सुत्दै गर्दा ढोका लगाउन बिर्सियो भने जो कोही भित्रै पसेर सामान चोरी गर्न सक्छ भनेझै इन्टरनेट प्रयोग गर्दा सुरक्षामा ध्यान दिइएन भने जो कोहीले पनि गोपनियता थाहा पाउन सक्छ र निजी विषय सार्वजनिक हुने खतरा हुन्छ ।

नेपालमा फेसुबकको दुरुपयोगको विषयलाई लिएर दैनिक जसो समाचार आइरहेका छन् । प्रयोगकर्ताले पनि आधारभूत सुरक्षामा ध्यान नदिदा बदनामीका साथै विभिन्न समस्याहरुको सामना गर्नुपर्ने हुन सक्छ । आज हामी फेसबुक खाता ह्याक हुनबाट कसरी जोगाउने ? भन्ने बारेमा जानकारी दिदै छौं ।

बलियो पासवर्डको प्रयोग गर्नुहोस्
पासवर्ड बलियो राख्नुहोस् किन कि पासवर्ड नै तपाईंको फेसबुक अकाउन्टको मुख्य सुरक्षा दिने माध्यम हो । ठाउँको नाम, आफ्नो मनपर्ने साथीको नाम, मनपर्ने जनावरको नाम लगायत प्रयोग नगर्नुहोस् । यस्ता पासवर्ड तपाईंको नजिकका ब्यक्तिले सजिलै अनुमान गर्न सक्छन् । यसका साथै स्पेसल क्यारेक्टरको प्रयोग गर्नुहोस जस्तै @#*! । साथै, तपाईको पासवर्ड प्रत्येक ६ महिनामा एक पटक फेसबुकको मात्र नभई सबै ठाउँमा परिवर्तन गर्नुहोस् ।

टु स्टेप भेरिफिकेशनको प्रयोग गर्नुहोस्
टु स्टेप भेरिफिकेशन फेसबुकद्वारा प्रदान गरिएको एक सुरक्षा सुविधा हो, र यसले तपाईलाई सुरक्षा कोड प्रदान गर्न प्रत्येक पटक तपाईको फेसबुक खातामा अपरिचित डिभाइसहरूबाट लगइन गर्दा कोड राख्नुपर्ने हुन्छ । लगइन अप्रुभल सक्रिय गर्न, एकाउन्ट सेटिंग्समा गएर लग इन अप्रुभल अन गर्नुहोस् ।

फेसुबक र गुगलको प्रयोग गर्दै गर्दा पासवर्ड ह्याक नहोस् भनेर आफ्ना युजरलाई दोहोरो सुरक्षा विधी अर्थात ‘टु स्टेप भेरिफिकेशन’को सुविधा उपलब्ध गराएको हो । कमै मात्र प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्ने गरेका छन् । यो सुविधा धेरै प्रयोगकताले यस विषयमा जानकारी नै नराखेर या थाहा पाएपनि झन्झटिलो लागेर प्रयोग नगरेको पाइन्छ ।

फेसबुकमा हुने गरेका गतिविधीलाई गोप्य राख्न दोहोरो सुरक्षा विधि प्रयोग गर्नु जरुरी छ । प्रक्रियामा केही झन्झटिलो भएपनि यो फिचरको काम भनेको पासवर्ड सुरक्षित राख्नु हो । सो सुविधाको छनोटले फेसबुक एकाउण्ट ह्याक हुने सम्भावना न्युन भएर जान्छ । यदी कसैले पासवर्ड थाहा पाएर बदमासी गर्दैछ भने पनि कहाँ कुन ठाउँबाट कसले बदमासी गर्दैछ सजिलै थाहा पाउन सकिन्छ र थप नोक्सानी हुन नदिन तत्कालै सचेत बनाउने काम गर्दछ ।

फेसबुक एकाउण्टलाई मोबाइलसँग जोड्नुस्
फेसबुकलाई मोबाइल नम्बरसँग जोड्नु भयो भने मेरो फेसबुकको पासवर्ड यो हो चाहिन्छ ? भन्दै हिँडे पनि केही फरक पदैन । भन्न खोजिएको यो हो की फेसबुकको पासवर्ड दिएपनि अरु कसैले लगइन गर्न सक्दैनन् । फेसबुक लगइन गर्न पासवर्ड राखिसकेपछि मोबाइलमा प्राप्त हुने ६ अकंको ‘लगइन एप्रोभल्स कोड’ अनिवार्य हुन्छ । लगइन एप्रोभल कोर्डको प्रयोगपछि मात्रै फेसबुक खोल्न सकिन्छ ।

मोबाइलमा प्राप्त हुने कोडबिना फेसबुक लगइन गर्न त सकिदैन नै फेसबुक खोल्न कसैले प्रयास गरिरहेको रहेछ भन्ने जानकारी थाहा पाउन सकिन्छ र तुरन्तै नयाँ पासवर्ड परिवर्तन गरेर हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न मद्दत गर्दछ ।

स्पाम लिंक नखोल्नुहोस्
मेसेन्जरमा आउने सबै लिंकहरु नखोल्नुहोस् । आफ्नै विश्वास गरेको साथीहरुबाट पनि यस्ता स्पाम लिंकहरु आउने गर्छन् । लिंक खोल्नु अगाडी लिंक साथीले पठाएको हो वा होईन कस्तो लिंक हो भन्ने सबै बुझेर मात्र अगाडी बढ्नुहोस्, नत्र तपाईंको एकाउन्टको डाटा पनि असुरक्षित हुन सक्छ ।

एकाउन्ट ह्याक भए कसरी रिकभर गर्ने ?
सबैभन्दा पहिले https://www.facebook.com/hacked मा जानुस् । यहाँ एउटा बटम देखिन्छ जसमा लेखिएको हुन्छ, Your account has been Compromised ।

यसमा आफ्नो नाम, इमेल र तपाईंको एकाउन्टसित सम्बन्धित फोन नम्बरमध्ये कुनै एकको बारेमा जानकारी दिनुहोस् । त्यस पश्चात तपाईंले आफ्नो एकाउन्ट सर्च गर्नुपर्नेछ । त्यसपछि पासवर्ड फिर्ता लिने काम सुरु गर्नुपर्छ । त्यतिबेला खुल्ने पेजमा आफ्नो पुरानो पासवर्ड हालिदिनुस् ।

जब गलत पासवर्डको म्यासेज आउँछ, त्यसपछि रिसेट पासवर्डको विकल्प छनोट गर्नुस् । ह्याकरले पक्कै तपाईंको इमेल पनि फेरिदियो होला, त्यसैले त्यस इमेलमा आफ्नो बारे जानकारी माग्न सक्नुहुन्न ।

त्यसपछि तपाईंको अगाडिको स्क्रिनमा लेखिएको हुन्छ, No longer have access to these ? त्यसमा क्लीक गर्नुस् । अनि आफ्नो इमेल दिनुहोस् । जसमा फेसबुकबाट तपाईंलाई लिंक पठाइन्छ र तपाई आफ्नो पासवर्ड रिसेट गर्न सक्नुहुन्छ ।

तपाई स्क्रिनमा जे जे गर्न भनिएको हुन्छ, त्यहि गर्नुस् । २४ घन्टाभित्र तपाईंको पासवर्ड फिर्ता हुनेछ । नयाँ पासवर्ड राख्दा त्यसको शब्द, नम्बर र स्पेसन क्यारेक्टरमा ध्यान दिनुहोस्, ताकि कसैले अनुमान गर्न नसकुन् ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34