KFGVRFI34

बच्चाहरुमा हुने जुका (चुर्ना) संक्रमणको रोकथाम कसरी गर्ने ? (भिडियो सहित)

0

जूका मानिसको आन्द्रामा रगत र खाना चुसेर बाँच्ने परजीवी हो । जूका विभिन्न प्रकारका हुन्छन् । त्यसमध्ये चुर्ना जूका, गोलो जूका, नाम्ले जूका र अंकुशे जूका मानिसको शरीरमा प्रायः देखा पर्छन्। जूकाले आन्द्रामा बसेर हजारौं संख्यामा फुल पार्छन् र आफ्नो संख्या बढाउँछन् । जूका र जूकाका फुलहरूको संख्या बढ्दै गएपछि तिनीहरू दिसासंगै बाहिर निस्कन थाल्छन् । यसरी निस्केका जूकाका फुलहरू विभिन्न माध्यमबाट अर्को व्यक्तिको पेटमा पुगी ठूला हुन थाल्छन् । यी जूकाहरू कहिलेकाहीं रक्त प्रणालीमा पुगी शरीरको सम्पूर्ण भागमा फैलन्छन् र हाम्रो स्वास्थ्यमा नराम्रो असर पार्छन् । नेपालमा वयस्क मानिसहरुको अपेक्षामा साना बच्चाहरुलाई जुकाको समस्या सामान्यता बढी देखा परेको चिकित्सक विज्ञहरुको भनाई हरेको छ । जुकाको संक्रमण विशेषगरी सरसफाईमा ध्यान पुर्याइएन भने पेटमा जुका हुने बढी सम्भावना गर्दछ । जुकाको संक्रमण सामान्य भए पनि यसबाट शरीरमा विभिन्न किसिमका नकारात्मक प्रभाव पार्दछ जस्तै जुकाले आन्द्राबाट रगत चुसी खाँदा रक्त अल्पता गराउनुको साथै शारीरिक वृद्धि विकासमा पनि असर पार्दछ । सरसफाईमा ध्यान पुराउनाले यस रोगको संक्रमण धेरै हद सम्म कम गर्न सकिन्छ भन्ने सुझावका साथ आज हाम्रो साथमा हुनु हुन्छ नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल, नेपालगंजको बालरोग विभागमा एशोसिएट प्रोफेसर पदमा कार्यरत डा. रोमा बोरा सँग बच्चाहरुमा जुका संक्रमण हुनुको कारण, लक्ष्ण, शरीरमा हुने असरहरु र रोकथामका लागि के के गरिनु पर्नु सम्बन्धीे कुराकानी ।

जूकाले कसलाई बढी असर गर्छ ?

जूका जसलाई पनि पर्न सक्छ तर खास गरी तल लेखिएका मानिसहरूलाई जूकाले बढी नराम्रो असर पार्छ

-पाँच वर्ष मुनिका बालबालिकालाई,।

-विद्यालय जाने उमेरका बालबालिकालाई।

-बच्चा जन्माउने उमेरका महिला र किशोरीहरूलाई ।

जूका मानिसमा कसरी सर्छ ?

-जूका मानिसको आन्द्रामा बस्ने हुनाले जूकाले आन्द्रामै फुल पार्छ ।

-पेटमा जूका बढ्दै गएपछि जूकाका फुलहरु मानिसको दिसासंगै बाहिर निस्कन्छन् ।

-जथाभावी दिसा बस्दा जूकाको फुल जताततै फैलिई सागपात, माटो, पानी आदिमा सर्छन् ।

-फोहोर हात वा झिंगा तथा जनावरहरूले दूषित पारेको खानेकुरा खाँदा ।

-खानाको माध्यमबाट जूकाको फुल पनि मानिसको आन्द्रामा पुग्छ ।

-जूकाको फुल मानिसको शरीरमा प्रवेश गरेर जूकाको पूर्ण विकास हुन्छ र त्यसले आन्द्रामै फुल पार्छ ।

-कुनै कुनै जूका (अंकुशे जूका) को लार्भा मानिसको छाला छेडेर पनि शरीरभित्र पसेर श्वासनलीको बाटो हुँदै आन्द्रामा पुग्छ ।

बच्चालाई जुका चूर्ना दोहोरी राखेमा के गर्ने ?

-खाना खाएपछी दिसा पिसाब गरिसके पछी बच्चाको हात साबुन पानीले राम्रोसंग धोई दिने।

-बच्चाको भित्री लुगा दैनिक बदलदीने, कमतीमा ४० डिग्रीको तापक्रममा धुने।

-बच्चाको नंग छोटो राखने,नंगमुनि पनी दैनिक सफा गरिदिने, नंग टोकने, औंला मुखमा हालने बानी दुरुत्साहित गर्ने।

-जुकाको औषधी २ हफ्ता र ४ हफ्तामा (जम्मा ३ पटक) फेरी दोहोर्याएर खुवाउने।

-जुकाको औषधी खुवाएपछी लगाउने ओढ़ने ओछ्याउने सबै कपड़ा साबुन र तातोपानीले धोईदिने।

-घरको अन्य सबै सदस्यहरूलाई पनी जुकाको औषधी खुवाउने।

-बच्चाको कपड़ा रूमाल अरुले प्रयोग नगर्ने, बच्चाले अरुको प्रयोग नगर्ने।

-बच्चाको मलद्वार दैनिक सफा गरीदिने।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34