KFGVRFI34

एमाले नेता महेश बस्नेत बिरुद्द भ्रूणहत्या, बलात्कार र डाँका चोरीको मुद्दा दर्ता,

0

नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध एक युवतीले फौजदारी कसुरको जाहेरी दर्ता गराएकी छिन् । बस्नेतविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा भ्रूणहत्या, बलात्कार र डाँका चोरी आरोपमा जाहेरी दर्ता भएको हो ।

बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन्। पीडितले हुलाकमार्फत पठाएको जाहेरी दर्ता गरिएको प्रहरीले बताएको छ।

बस्नेतमाथि २ महिना १५ दिनको भ्रूण हत्या गरेको पनि आरोप छ। औषधि खुवाएर र अप्रेसन गरेर दुईपटक भ्रूण हत्या गरेको पीडितले आरोप लगाएकी छन्।

बलात्कार र भ्रूण हत्याको प्रमाण लुकाउन बस्नेतले आफ्नो अपार्टमेन्टमा डाँका चोरीसमत गराएको पीडित युवतीको दाबी छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34