KFGVRFI34

चैत २६ गते सोमबार सुनको भाउ एकैदिन ६०० रुपैयाँले बढेर पुनः नयाँ रेकर्ड कायम

0

पछिल्ला केही दिनदेखि सुनचाँदी दुवैको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गर्दै आएको छ । चैत २६ गते सोमबार सुनको भाउ एकैदिन ६०० रुपैयाँले बढेर पुनः नयाँ रेकर्ड कायम भएको हो भने चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला सुनको मूल्य एक लाख ३६ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ५५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

आइतबार छापावाला सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी चाँदीको तोलामा १५ रुपैयाँले बढेर आज पनि नयाँ उचाइ बनाएको छ । चाँदीको मूल्य एक हजार ६८५ रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ । आइतबार चाँदी प्रतितोला १ हजार ६७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अमेरिकी केन्द्रीय बैंक (फेड) ले कुनै पनि समय ब्याजदर घटाउन सक्ने स‌ंकेत दिएकाले अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दै गएको हो ।

नेपालमा सुनको भाउ अन्तराष्ट्रिय बजारमा हुने मूल्य घटबढको आधारमा तय हुने गरेको छ। यसले गर्दा नेपालमा पनि सुनको भाउ लगातार बढ्दै गएको हो। अहिले सुनको भाउ अझै बढ्ने संकेत देखिएको व्यवसायीहरु बताउछन्। ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34