KFGVRFI34

प्रहरीले प्रमाण राख्ने स्टोरमा आगलागी ,सबै प्रमाण नस्ट कसले लगायो आगो ?

0

काठमाडौंको चन्द्रागिरि नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको  गोदाम घरमा (स्टोर) सोमबार भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए।

‘के कारणले आगलागि भयो ?, आगलागीबाट के कति क्षति भयो ? सो विषयमा छानबिनका लागि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको नेतृत्वमा छानबिन समिति गठन भएको छ, समितिमा विज्ञ व्यक्तिहरु पनि भएकाले छानबिनपछि मात्रै एकिन कुरा भन्न सकिने छ,’ उनले भने।

हालको प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् चुहावट भएर नै आगलागी भएको आँकलन गरिएको प्रवक्ता खड्काले बताए। उनका अनुसार सशस्त्र प्रहरी मुख्यालय हलचोकमा ठाउँ अभावका कारण अन्य आवश्यक बन्दोबस्तीका सामग्री उक्त गोदममै राख्ने गरिएको थियो। आगलागी भएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने आज घटनास्थलमा पुग्नु भई आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिनुका साथै आगलागीबारे जाँच गर्न निर्देशन दिएका थिए।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34