KFGVRFI34

ईपीएस कोरियन भाषाकाे नतिजा सार्वजनिक, कति जना भए पास ?

0

ईपीएस कोरियन भाषाकाे नतिजा सार्वजनिक भएकाे छ । ईपीएस एचआरडी कोरिया शाखाले २०८० काे फागुन ७ गतेदेखि चैत २४ गतेसम्म उत्पादनमूलक क्षेत्रका लागि लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हाे।

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक : ३४ हजार अनुत्तीर्ण, ६ हजार मात्रै उत्तीर्ण 

पहिलो चरणमा ४० हजार ५८० जनाले परीक्षा दिएका थिए । जसमध्ये ६ हजार ३२१ जना उत्तीर्ण भएका छन्। अब पहिलो चरणको परीक्षा उत्तीर्ण गरेकाहरूले २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा दिनुपर्नेछ । ईपीएस कोरिया शाखाका अनुसार स्किल टेस्ट र कम्पिटेन्सी टेस्टको परीक्षा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने भएकाे छ। परीक्षामा सहभागी हुन परीक्षार्थीहरूले आफ्नो सक्कल पासपोर्ट र प्रवेश पत्र अनिवार्य रूपमा ल्यानुपर्ने छ।

त्यसैगरी, नयाँ परीक्षार्थीहरूकाे दोस्रो चरणमा २०८१ वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म परीक्षा गरिने भएकाे छ। उक्त परीक्षामा ७९ हजार ९३७ जना सहभागी हुने बताइएकाे छ।

यसकासाथै तेस्रो चरणको परीक्षा २०८१ कात्तिक २६ गतेदेखि पुस २ गतेसम्म चल्नेछ। साे परीक्षामा ३६ हजार १७९ जना परीक्षार्थी सहभागी हुनेछन्।

ईपीएस मार्फत काेरियामा उत्पादनमूलक क्षेत्रमा काम गर्नका लागि १ लाख ६३ हजार ६३५ जना नेपालीले आवेदन फारम भरेका छन्। काेरियाले कुल १५ हजार ४४८ जनालाई उत्पादनमूलक क्षेत्रमा लैजाने बताएकाे थियाे ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34