KFGVRFI34

विश्वका १० शक्तिशाली महिला ,कसरी पुगे याे उचाइमा ?

0

युरोपेली आयोगकी प्रमुख र जर्मनीमा सबैभन्दा लामो समयसम्म क्याबिनेट मन्त्री रहेकी उर्सुला भोन डेर लेन फोर्ब्सको २०२३ काे विश्वका १०० शक्तिशाली महिलाको सूचीको शीर्ष स्थानमा छिन्।

महिलाहरु अहिले पुरुषको काँधमा काँध मिलाएर हिडिरहेका छन् । महिला हरेक क्षेत्रमा अगाडि बढिरहेका पनि छन् । कुनै पनि क्षेत्र अब महिलाहरूका लागि असम्भव नरहेकाे पछिल्लाे समयले प्रमाणित गरेकाे छ।

फोर्ब्सले २०२३काे डसेम्बरमा जारी गरेको विश्वभरका १०० प्रभावशाली महिलाको सूचीमा हरेक क्षेत्र राजनीति, वित्त, व्यापार, संचारमाध्यम र मनोरञ्जन, परोपकार, नीति निर्माणका महिला रहेका छन् ।

१. उर्सुला भोन डेर लेयनः जर्मनीको सबैभन्दा लामो समयकी क्याबिनेट सदस्य

फोर्ब्सको शक्तिशाली महिलाको सूचीमा शीर्ष स्थानमा रहेकी युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डर लेयनलाई २०१९ काे जुलाईमा युरोपेली संघको कार्यकारी शाखाको प्रमुख बनाइएको थियो। ४५ करोडभन्दा बढी युरोपेली नागरिकका लागि कानुन बनाउने जिम्मेवारी पाएकी उनी यो पद धारण गर्ने पहिलो महिला हुन्। यसअघि सन् २००५ देखि २०१९ सम्म उनी जर्मनीमा एंगेला मर्केलको मन्त्रिपरिषद्को सदस्य थिइन् । यो जर्मनीमा कुनै पनि मन्त्रिपरिषद् सदस्यको सबैभन्दा लामो कार्यकाल हो।

उनको अन्तिम ६ वर्षको मन्त्रिपरिषद्को कार्यकालमा उनी जर्मनीकी रक्षामन्त्री थिइन्। उनको नेतृत्वमा, २०२० मा ७५० बिलियन यूरोको कोभिड राहत विधेयक पारित भएको थियो र उनी रूससँगको लडाईमा युक्रेनको सबैभन्दा ठूलो समर्थकको रूपमा उभिएकी छिन्। ६५ वर्षीया उर्सुला भोन डेर लेयन, जर्मन नागरिक, बेल्जियममा बस्छिन्।

२.क्रिस्टीन लागार्डः युरोपको आर्थिक नीतिहरू निर्धारण गर्दै

फोर्ब्सको सूचीमा युरोपेली केन्द्रीय बैंककी प्रमुख क्रिस्टिन लागार्ड दोस्रो स्थानमा छिन् । उनलाई २०१९काे नोभेम्बर १मा यस बैंकको प्रमुख बनाइएको थियो। युरोपको आर्थिक नीतिहरूको निर्णयकर्ता लागार्डकालागि सबैभन्दा ठूलो चुनौती उच्च मुद्रास्फीतिको वातावरणमा आर्थिक वृद्धिलाई कायम राख्नु हो। उनले सन् २०११ देखि २०१९ को मध्यसम्म अन्तर्राष्ट्रिय मुद्रा कोष पनि सञ्चालन गरिन्, जुन सम्पूर्ण विश्वको आर्थिक स्थायित्व कायम राख्न जिम्मेवार छ।

यो पदमा पुग्ने उनी पहिलो महिला थिइन् । २००८ को आर्थिक संकटलाई ध्यानमा राख्दै क्रिस्टिन लागार्ड यो पुरुष प्रधान क्षेत्रमा लैङ्गिक सुधारको एक प्रतीक हुन्। फ्रान्सकी नागरिक ६८ वर्षीय लागार्ड हाल जर्मनीमा बस्दै आएकी छिन् ।

३. कमला ह्यारिसः धेरै कीर्तिमान बनाएकी भारतीय मूलकी अमेरिकी उपराष्ट्रपति

यो सूचीमा अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस तेस्रो स्थानमा छिन् । जब भारतीय मूलकी कमला ह्यारिस २०२१काे जनवरी २०मा यो पदमा पुगिन्, उनी अमेरिकी उपराष्ट्रपतिको पदमा पुग्ने पहिलो महिला, पहिलो अश्वेत र पहिलो दक्षिण एसियाली-अमेरिकी बनिन्। यति मात्र होइन, २०१६ मा अमेरिकाको सिनेटमा निर्वाचित हुँदा उनी यस पदमा पुग्ने पहिलो भारतीय-अमेरिकी महिला थिइन्।

यसअघि सन् २०१० मा, उनी क्यालिफोर्नियाको महान्यायाधिवक्ता बन्ने पहिलो महिला र पहिलो अफ्रिकी-अमेरिकी थिइन्। क्यालिफोर्निया निवासी कमला ह्यारिसको जन्म ओकल्याण्डमा भएको थियो। उनका बाबुआमा दुवै आप्रवासी थिए। उनकी आमा भारतकी थिइन् भने बुबा अफ्रिकी देश जमैकाका थिए। हार्वर्ड युनिभर्सिटीमा अध्ययन गरेका ५९ वर्षीय ह्यारिस हाल वासिङ्टनका बासिन्दा हुन् ।

४.जर्जिया मेलोनीः इटालीकी प्रधानमन्त्री

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी विश्वकै चौथो शक्तिशाली महिला हुन् । २०२२काे अक्टोबर २२मा इटालीको प्रधानमन्त्री बनेकी मेलोनी यो पदमा पुग्ने पहिलो महिला हुन् । उनी इटालीकी दक्षिणपन्थी ब्रदर्स पार्टीकी अध्यक्ष पनि हुन् । उनले २०१४काे मार्चदेखि यो पद सम्हाल्दै आएकी छिन् । १५ वर्षको उमेरमा, उनी इटालीका पूर्व तानाशाह बेनिटो मुसोलिनीका समर्थकहरूले स्थापना गरेको इटालियन सामाजिक आन्दोलनको युवा शाखामा आवद्ध भइन्। २०२३काे नोभेम्बरमा, उनी इटालीमा प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचनका लागि ल्याइएका संवैधानिक सुधारलाई समर्थन गरेर चर्चामा आएकी थिइन्।

५. टेलर स्विफ्टः संगीतको आधारमा संसारको पाँचौं शक्तिशाली महिला

टेलर स्विफ्ट मिडिया-मनोरञ्जन वर्गबाट ​​फोर्ब्सको सूचीमा विश्वको पाँचौं शक्तिशाली महिला हुन्। २०२३काे अक्टोबरमा अर्बपति बनेकी टेलर स्विफ्ट आफ्नो गीत र अभिनयका कारण यस सूचीकाे यो उचाइमा पुग्ने पहिलो संगीतकार हुन्।

आज उनीसँग रोयल्टी र भ्रमणबाट ५०० मिलियन डलरको कुल सम्पत्ति छ। उनीसँग १२५ मिलियन डलरको संगीत सूची र  मिलियनको रियल स्टेट सम्पत्ति छ। सन् २०२१ मा पहिलो पटक, उनले आफ्नो पहिलो ६ वटा एल्बमहरूको पुनः रेकर्डहरू जारी गर्न थालिन् जसमार्फत उनले ति एल्बमहरूको स्वामित्व अधिकार पुनः प्राप्त गर्न सकुन्।

६. क्यारेन लिन्चः आफ्नो व्यवसाय विस्तार गर्दै छैटौं स्थानमा लिन्च

क्यारेन लिन्च यस सूचीमा छैटौं स्थानमा छिन् । सन् २०२१ देखि तीन लाख मानिस भएको स्वास्थ्य सेवा प्रदान गर्ने कम्पनीकी उनी प्रमुख हुन्। उनी यस कम्पनी सीवीएस हेल्थमा सन् २०१८ मा कार्यकारी उपाध्यक्षका रूपमा आबद्ध भएकी थिइन् । गत वर्ष, २०२३ मा, लिन्चले प्राथमिक हेरचाह प्रदायक ओक स्ट्रीट हेल्थलाई १० बिलियन डलरमा र घरेलू स्वास्थ्य सेवा विशेषज्ञ सिग्निफ हेल्थ ८ बिलियन डलरमा प्राप्त गरेकी थिइन्।

६० वर्षिय अमेरिकी नागरिक लिन्च बाेस्टन वीमेंस काउंसिलकी पनि सदस्य हुन् । उनले आफ्नो करियरकाे सुरूवात एक सर्टिफाइड पब्लिक अकाउण्टेण्टका रूपमा गरेकी थिइन् ।

७.जेन फ्रेजरः सूचीमा सातौं स्थानमा सिटी बैंकका सीईओको नाम

सिटी बैंककी पहिलो महिला सीईओ जेन फ्रेजर फोर्ब्सको सूचीकाे सातौं स्थानमा छिन् । २०२० मा, उनी माइकल कोर्बेटको उत्तराधिकारी पदका लागि चयन भएकी थिइन् । २०२१काे मार्चमा उनले पदभार ग्रहण गरेकी थिइन्। उनी वाल स्ट्रीट बैंक संचालन गर्ने पहिलो महिला प्रमुख पनि हुन्। सीईओ बन्नुअघि फ्रेजरले सिटी ग्रुपकी अध्यक्ष र ग्लोबल कन्ज्युमर बैंकिङका सीईओकी रूपमा पनि काम गरेकी थिइन्। ५६ वर्षीय फ्रेजर सन् २००४ मा सिटी ग्रुपमा समावेश भएकी थिइन् ।

८. अबिगेल जोन्सनः म्युचुअल फन्ड कम्पनीको प्रमुख आठौं स्थानमा

फोर्ब्सको यस सूचीमा अबिगेल जोन्सनको नाम आठौं स्थानमा रहेकाे छ । उनी सन् २०१४ देखि फिडेलिटी इन्भेष्टमेन्टकाे सीईओका रूपमा कार्यरत छिन्। यसअघि उनी यसको अध्यक्ष थिइन् र त्यसपछि सन् २०१६मा आफ्नो बुबाको उत्तराधिकारीका रूपमा सीईओ बनिन् । यो अग्रणी म्युचुअल फन्ड कम्पनीको स्थापना १९४६ मा अबिगेलका हजुरबुबा एडवर्ड जोन्सन II द्वारा बोस्टनमा भएको थियो ।

 

अबिगेलले यस कम्पनीलाई थप उचाइमा पुर्याएकी हुन्। अबिगेलको यस फर्ममा २८.५ प्रतिशत शेयर छ । २०२३काे सेप्टेम्बरसम्ममा कम्पनीको कुल मूल्य ४.५ ट्रिलियन डलर थियो। २०१८ मा, जोनसनले क्रिप्टोकरन्सीको संसारमा प्रवेश गरेकी थिइन् र संस्थागत लगानीकर्ताहरूलाई बिटक्वाइन र ईथर व्यापार गर्न अनुमति दिने प्लाटफर्म प्रदान गरिन्।

९. मेरी बार्रा: सन् २०२५ सम्ममा १० लाख विद्युतीय सवारी साधन बनाउने लक्ष्य 

अमेरिकाका तीन ठूला अटोमोबाइल उत्पादन कम्पनीहरूमध्ये एक जनरल मोटर्सको सीईओको रूपमा मेरी बार्रा फोर्ब्सको सूचीमा नवौं स्थानमा रहेकी छिन्।  बार्रा सन् २०१४ मा यो पदमा पुग्ने पहिलो महिला हुन्। उनको नेतृत्वमा कम्पनीले विद्युतीय सवारीसाधन र सेल्फ ड्राइभिङ कारको उत्पादनमा अर्बौं लगानी गरेको छ । कम्पनीले सन् २०२५ को अन्त्यसम्ममा १० लाख विद्युतीय सवारी साधन निर्माण गर्ने उनीहरुको लक्ष्य रहेको छ । यो कम्पनीमा  बार्राले कत्तिको उचाइमा पुगेकी छन्, त्यसको अनुमान उनी सन् १९८० मा जनरल मोटर्समा को काे- अप कार्यक्रम अन्तर्गत विद्यार्थीका रूपमा आबद्ध भएकी थिइन् ।

१०. मेलिन्डाले नागरिकको सेवा मार्फत यो स्थान हासिल
फोर्ब्सले सार्वजनिक गरेको विश्वका शक्तिशाली महिलाको सूचीमा उनको नाम १० औं स्थानमा भए पनि विश्वभरका मानिसले उनलाई चिन्न सक्छन् । हो, हामी उनै मेलिन्डा फ्रेन्च गेट्सको बारेमा कुरा गर्दैछौं जाे माइक्रोसफ्टका संस्थापक बिल गेट्ससँग विश्वका विभिन्न प्लाटफर्ममा देखिएकी छिन्। बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनकी सह-अध्यक्ष मेलिन्डा विश्वको १० औं शक्तिशाली महिला हुन्। बिल गेट्स र मेलिन्डाले २०२१काे मे मा आफ्नो सम्बन्धविच्छेदको घोषणा गरेका थिए तर पनि उनीहरू अझै पनि यस फाउन्डेसनको सह-अध्यक्ष रहेका छन्। सम्बन्धविच्छेदका बेला बिल गेट्सले विभिन्न कम्पनीमा रहेको आफ्नो कम्तीमा पाँच अर्ब डलरको शेयर मेलिन्डालाई हस्तान्तरण गरेका थिए । यति हुँदाहुँदै पनि विश्वभरका जनताको हितका लागि यी दुईबीच कुनै मतभिन्नता छैन । मेलिन्डाले विशेष गरी विश्वभरका महिलाहरूको अधिकारका लागि आवाज उठाइरहेकी छिन्।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34