KFGVRFI34

सिन्धुलीमा बम विस्फाेट

0

सिन्धुलीमा बम विस्फाेट भएकाे छ । सिन्धुलीस्थित कमलामाई नगरपालिका–४ मा रहेकाे एनसेल टावरमा  विस्फोट भएको हाे । बुधबार मध्य राति कुकर बम विस्फोट गराइएकाे हाे।

राती करिब १ बजेतिर भएकाे कुकर बम विस्फोटबाट टावरका तारहरू जलेका थियाे । विस्फोट भएकाे स्थानमा प्रहरीले जनमुक्ति सेना नेपालको पर्चा भेटाएकाे थियाे।

यद्धपी विस्फोट गर्नेहरू भने अहिलेसम्म नियन्त्रणमा लिन सकेकाे छैन । विस्फाेटका कारण साे क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34