KFGVRFI34

आलुबाट विद्यार्थीले बत्ति बाले

0

लिटल स्टारमा भएको बिज्ञान प्रदर्शनीमा विद्यार्थीहरुले आलुबाट बत्ति बालेको छन् । विश्व बिज्ञान दिवसको अवसरमा आयोजना गरिएको प्रदर्शनीमा चार समुहका बिद्यार्थीहरुले ४३ वटा उपकरण तथा बस्तुहरु राखेको थिए । प्रदर्शनीमा कक्षा १ देखि १० का विद्यार्थीहरुको सहभागिता रहेको प्रिन्सिपल सुमन पौडेलले जानकारी दिनु भयो ।

हरेक बर्षको नोभेम्बर १० तारिखमा विश्वभरि, शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाईने गरिन्छ। समाजमा विज्ञानको महत्त्वपूर्ण भूमिका र उभरिरहेको वैज्ञानिक मुद्दाहरूको बहसहरूमा व्यापक जनता संलग्न गरि विज्ञानले हाम्रो दैनिक जीवनमा यसको महत्त्व र प्रासंगिकतालाई कसरी प्रभाव पार्दछ भनि बुझ्नको लागि संयुक्त राष्ट्र संघले यो दिवस मनाउन सुरु गरेको हो।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34