KFGVRFI34

कस्तो होला वर्ष २०८१ ? ठुला दुर्घटना हुन सक्ने, आँधी हुरी र भूकम्पको पनि खतरा !

0

ज्योतिष पण्डितका अनुसार वर्ष २०८१ साल कालयुक्त नाम संवत्सर परेकाले शुभ रहनेछ । वर्षामा खण्ड वृष्टि देखिए पनि वर्षाको अवस्था राम्रो रहनेछ । वैज्ञानिक कार्यको लागि अन्तर्राष्ट्रिय सहयोग पर्याप्त मिल्ने छ । मातृशक्ति शक्तिकै रूपमा अग्रसर हुनेछ ।

ज्योतिष पण्डित ओजराज लोहनी भन्छन्, ‘ज्ञान र विज्ञानको समन्वय गर्ने अवसर नेपालले पाउनेछ । कृषि क्षेत्रको अवस्था सन्तोषप्रद रहला । वैदेशिक व्यापारमा बढोत्तरी देखिन्छ ।’

शत्रु गृही मङ्गल र स्वगृही शनि भएकोले वायुमण्डलीय अवस्था प्रतिकूल हुने भएकोले विमान दुर्घटना हुन सक्छ । अज्ञात रोग सिर्जना हुन सक्छन् । आँधी हुरी र भूकम्प बाढी पहिरोले जन धनको विनाश वर्षारम्भमै हुन सक्छ ।

‘दुर्घटनामा वा भौतिक आक्रमणमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चित र ठूला व्यक्तिको निधन हुने सम्भावना छ । धर्म र राष्ट्रियतालार्ई गलत व्याख्या गरेर आफ्नो अभिलाषा पूरा गर्दै आएका निस्तेज हुने र सच्चा धर्म र राष्ट्रियता अँगाल्दै गर्दा समेत पिछडिएकाहरू धर्मबल र जनबलले सक्रिय भई हुने दुई शक्तिको टकरावमा देश सैनिकीकरणतिर उन्मुख हुँदा राष्ट्रिय सम्पत्ति विकासमा भन्दा सुरक्षामा बढी खर्च हुनेछ’ ज्योतिष पण्डित लोहनी भन्छन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पछि परेका शक्तिहरूले पुनः राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग प्राप्त गरी यस वर्ष पुनः स्थापित हुने अवसर प्राप्त गर्नेछन् ।

२०८१ बैशाखदेखि नै देशको चतुर्थ भावमा राजा मङ्गल र मन्त्री शनि बसेको मंगलको परस्पर शत्रु भई देशको चतुर्थ भावमा रहने २०८१ वैशाख १४ गते बिहान ८ । ३ बजेसम्म यो कायम रहने योग रहेको ज्योतिष पण्डित लोहनी बताउँछन् ।

उनी भन्छन्, ‘ज्येतिषिको दृष्टिमा शनि मङ्गल एकसाथ हुनु अत्यन्तै प्रतिकूल हुने भएकोले राजनैतिक शक्तिबिच चरम द्वन्द्व हुनेछ । मूल राजनीति तरल हुने अराजक समूहहरू हावी हुनेछन् । विदेशी चलखेल थप बढ्ने अवस्था सिर्जना हुने छ ।’

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34