KFGVRFI34

बालेन्द्र शाहले २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा

0

आइतबार आफ्नो फेसबुक पेजमार्फत २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका हुन ।

रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि गौरवको योजना अन्तर्गत २०८१ जनालाई रोजगारी दिने उद्देश्यले काठमाडौँको टुडिखेलमा तालिम कार्यक्रम सञ्चालन गर्न लागेको उनले बताए ।

तालिममा सम्पूर्ण नेपाली नागरिक सहभागी हुन सक्ने र सहभागी हुन इच्छुक व्यक्तिहरूले २०८१ वैशाख १५ गतेभित्र तोकिएका कागजात र विवरण अपलोड गरेर आवेदन दिन आग्रह गरेका छन् ।

वैशाख १९ गतेदेखि तालिम कार्यक्रम सुरु हुने बालेनको भनाई छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34