KFGVRFI34

प्रभु केबुलकारले आइपीओ ल्याउँदै,

0

प्रभु केबुलकार एन्ड टुरिज्म लिमिटेड(PCTL)ले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाउन शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिको आवेदन मागेको छ ।

प्रतिस्पर्धाबाट छनोट हुने बिक्री प्रबन्धकले कम्पनी आईपीओ जारी गर्न थप प्रक्रिया अघि बढाउन शिलबन्दी आह्वान गरिएको कम्पनीद्वारा जारी सूचनामा जनाइएको छ ।कम्पनीले प्रिमियम भाउमा आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले हाल तीन वटा केबुलकार परियोजना अघि बढाएको छ । जसमध्ये बुटवलको सिद्धार्थ केबुलकार परियोजना सञ्चालनको अन्तिम तयारीमा छ । एक अर्ब रुपैयाँको लागतमा तिनाउ नदी छेउको मणिमुकुन्द सेन फुलबारी पार्कदेखि पाल्पाको नुवाकोट डाँडा जोड्नेगरी सिद्धार्थ केबुलकार निर्माण भएको छ । आन्तरिक पर्यटकदेखि तथा भारतीय पर्यटक लक्षित गरी निर्माण गरिएको उक्त केबलकार केही दिनभित्रै सञ्चालनमा आउने छ ।

त्यसबाहेक कम्पनीले रामेछापमा खाँडादेवी केबुलकार र सिन्धुलीमा सिद्धबाबा केबुलकार योजना कम्पनीले अघि सारेको छ । यी दुवै आयोजनामा प्रारम्भिक कार्य भइरहेको छ । कम्पनीमा प्रभु ग्रुप अन्तर्गत प्रभु स्टिल एन्ड हाइड्रो इक्युपमेन्ट इन्डष्ट्रिज, प्रभु ऊर्जा कृषि पर्यटन लिमिटेड, हाइड्रो होल्डिङ एन्ड पावर डेभलपमेन्ट, प्रभु जलविद्युत् विकास लिमिटेडको लगानी रहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34