KFGVRFI34

सुनको भाउ उच्च विन्दुमा पुगेर स्थिर,

0

सुनको भाउ उच्च विन्दुमा पुगेर स्थिर भएको छ । वैशाख ५ गते, बुधबार चाँदीकाे भाउ भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा ३५ रुपैयाँले गिरावट भएको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार २०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५५० रुपैयाँमा कराोबार भइरहेको छ ।

यसअघि मंगलबार भने सुनको मूल्यले एक हजार ७०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको थियो । पछिल्ला समय सुनकाे भाउ निरन्तर बढेर ऐतिहासिक उचाइमा पुगेकाे छ ।

चाँदीको भाउ भने बुधबार सस्तिएको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले ओरालो लाग्दा एक हजार ७१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

हिजाे भने चाँदीको मूल्य वृद्धि भएकाे थियाे । मंगलबार चाँदी ताेलामा ३५ रुपैयाँले नै बढेर एक हजार ७५० रुपैयाँमा पुगेकाे थियाे ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34