KFGVRFI34

तेस्रो स्थानको लागि नेपाल र हङकङ भिड्ने, युएई र ओमानबीच उपाधिका लागि प्रतिस्पर्धा ,

0

एसिसी प्रिमियर कपको तेस्रो स्थानका लागि नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ।

आज भएको सेमिफाइनलमा पराजित भएका दुवै टिम तेस्रो स्थानका लागि शनिबार भिड्ने भएका हुन्।

पहिलो सेमिफाइनलमा नेपाललाई युएईले पराजित गरेको थियो।

शुक्रबार साँझ आयोजक ओमानले हङकङलाई दोस्रो सेमिफाइनलमा पाँच विकेटले पराजित गर्यो।

शनिबार तेस्रो स्थान हात पार्न सके नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान पक्का गर्नेछ।

आज सेमिफाइनलमा पराजित भएसँगै नेपाल एसिया कप २०२५ का लागि भने छनोट हुन असफल भएको थियो।

आइतबार ओमान र युएई बीचको विजेता टिम एसिया कपका लागि छनोट हुनेछ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34